Monday, December 2, 2024

बागमतीमा तिन दिने सृजनात्मक लेखन कार्यशाला सम्पन्न

ताजा / भरखरै प्राप्त

बागमती–सर्लाहीको बागमती नगरपालिकामा तिन दिने सृजनात्मक लेखन कार्यशाला सम्पन्न भएको छ ।

बुधवार बागमती नगरपालिका सभाहलमा संचालिक कार्यशालाको औपचारिक कार्यक्रमका विच सम्पन्न गरिएको हो । नगरभित्रका आधारभुत तथा माध्यामिक गरी ७ बिध्यालयका ३५ जना छात्रछात्राहरुलाई लेखन कार्यशालामा सहभागि गराएको नगर शिक्षाशाखा प्रमुख मिन प्रसाद उपाध्यायले जनाकारी दिए । सहभागिहरुलाई कथा लेखन तथा बाचन सम्बन्धी प्रशिक्षण प्रदान गरिएको थियो ।

कक्षा ६ देखी ९ सम्मका छात्रछात्राहरु सहभागि सृजनात्मक लेखन कार्यशालामा बाल साहित्यकार बिजयराज आचार्य प्रशिक्षक रहेका थिए । उत्कृष्ठ कथालाई समापन कार्यक्रममा प्रस्तुत समेत गर्न लगाईएको शिक्षाशाखा संयोजक राजकुमार बिश्वकर्माले जानकारी दिए । छात्रछात्राहरुले उत्कृष्ठ कथा लेखेर बाचन गरेका थिए । समापन कार्यक्रममा विच सहभागिताको प्रमाणपत्र समेत प्रदान गरिएको थियो ।

नगर शिक्षा शाखाको शैक्षिक पात्रो अनुसार कार्यक्रम सम्पन्न भएको नगरपालिका शिक्षा शाखाकी रंजना मगरातीले जानकारी दिईन । सहभागि छात्रछात्राहरुले लेखेका उत्कृष्ठ कथालाई पुस्तकको रुपमा संग्रहित गरिने समेत प्रशिक्षक बाल साहित्यकार आचार्यले प्रतिवद्धता ब्यक्त गरे । यसरी बालबालिकाहरुलाई अतिरिक्त कृयाकलापमा सहभागि गराउन पाउदा खुसी लागेको शिक्षक एवं अभिभावकहरुको प्रतिकृया थियो ।

यस कार्यशालाले बालबालिकामा निहित कला बाहिर ल्याउन अवसर मिलेको जनता नमुना माध्यामिक बिद्यालयका प्रधानाध्यापक लोक नाथ दहालले बताए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles