बसबरिया–सर्लाहीको बसबरियामा संचालित तिन दिने शंकास्पद क्षयरोगी स्कृनिङमा १८ जना संक्रमित फेला परेका छन् ।
बसबरिया गाउँपालिका स्थित सहोडवा, धनगडा, मानपुर र भवानीपुर गरी चारवटा स्वास्थ्य चौकीमा चार दिन सम्म स्किृनिङ शिविर संचालन भएको थियो । बागमती सेवा समाज हरिवन र बसबरिया गाउँपालिकाको सम्यूक्त आयोजनामा सम्पन्न शिविरमा ३ सय ६० जना स्थानीयले क्षयरोगको सकृनिङ गराएका थिए ।
त्यस मध्य १८ जनामा संक्रमण पाहिएको आयोजक संस्था बागमती सेवा समाजका अध्यक्ष भरत कुमार कार्कीले जानकारी दिए । शिविर संचालनमा राष्ट्रिय क्षयरोग केन्द्र भक्तपुर र प्रदेश जनस्वास्थ्य प्रयोगशाला जनकपुरले समेत सहयोग गरेको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक जयलाल सहनीले जानकारी दिए ।
शिविर मंसिर १३ गते देखी १६ गते सम्म संचालन भएको गाउँपालिकाका सिनियर अहेव बिजय कुमार यादवले जानकारी दिए ।