जितेस कुमार यादव, बलरा–सर्लाहीको बलरा नगरपालिकाले एक बिद्यालयमा पोसाक वितरण गरेको छ ।
बुधवार एक कार्यक्रमका विच बलरा नगरपालिका–९, स्थित श्री प्राथमिक बिधालयका बिद्यार्थीहरुलाई पोसाक बितरण गरिएको हो । नगरका मेयर रामाशंकर कुशवाहको प्रमुख आतिथ्यतामा उक्त बिद्यालयका २ सय ५९ छात्रछात्राहरुलाई बिध्यालय पोसाक बितरण गरिएको बिद्यालयले जनाएको हो ।
नगरको बजेटबाट उक्त बिद्यालयका छात्रछात्राहरुलाई पोसाक बितरण भएको बिद्यालयका प्रधानाध्यापक सिकेन्द्र रायले जानकारी दिए । विपन्न परिवारका बालबालिकाहरुले बिद्यालय पोसाक पाएपछि खुसी ब्यक्त गरका थिए । बिद्यालय पोसाक वितरणका कारण बालबालिकाहरुलाई पठन–पाठनमा सहजता हुने अपेक्षा गरिएको मेयर कुशवाहले बताए ।
बिद्यालय पोसाक अभावमा बिध्यार्थी नियमित बिद्यालय आउन समेत छाडेका प्रधानाध्यापक रायले जानकारी दिए । पोसाक वितरण कार्यक्रममा मेयर कुशवाह, उपमेयर कोशिला देवि, उक्त वडाका वडा अध्यक्ष बिरेन्द्र चौधरी, बिधालयका प्रधानध्यापक सिकेन्द्र राय लगाएको आतिथ्यता रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कुशवाहले बिद्यार्थीहरुको उज्जवल भबिष्यको कामना गरे । बिध्यालयको शैक्षिक गुणस्तर विकासमा आफु नियमित लागि पर्ने मेयर कुशवाहले प्रतिबद्धता समेत प्रकट गरेका थिए ।