बागमती–सर्लाहीको बागमती नगरपालिका स्थित पुरोनोचौकीमा भएको मोटरसाईकल दुर्घटनाका मृतकको सनाखत भएको छ ।
शनिवार साझ पुर्व–पश्चिम राजमार्ग स्थित बागमती नगरपालिका–४, पुरानो चौकीमा भएको मोटरसाईकल दुर्घटनामा मृत्यु भएका यूवक सर्लाहीको ईश्वरपुर नगरपालिका–४, सखुवनीका ३२ बर्षका सुनिल माेक्तान लामा रहेको खुलेको छ । मृतकका आफन्तले सव सनाखत् गरेका जिल्ला प्रहरीका डिएसपी दिपेन्द्र पंजियार थारुले जानकारी दिए ।
परिवारले सव सनाखत् गरे सगैँ परिक्षण सुरुगरिएको प्रहरीले जनाएका छ । उक्त दुर्घटनामा एक जनाको मृत्यु भएको थियो । भने, दुईजना प्रहरी सहित तिन जना घाईते भएका थिए । मृतक लामा सवार प्रदेश २–०३–००७ प ६७ नम्बरको मोटरसाईकल पुर्वबाट पश्चिम तर्फ आउदै गर्दा दुर्घटनामा परेको ईलाका प्रहरी कार्यलय हरिवनले जनाएको हो ।
तिब्रगतिमा रहेको मोटरसाईकल ओभरटेक गर्ने क्रममा विपरित दिसाबाट आउदै गरेको डिउटीमा रहेका प्रहरी सवार बा ०३५ प ७९३९ नम्बरको मोटरसाईकमा ठोकिन पुगेको थियो । सोही क्रममा मोटरसाईकलबाट उच्छिट्टिएर सडकमा लडेका उन्लाई सोही दिसाबाट आउदै गरेको ना ७ ख १८३६ नम्बरको यात्रु बहाक बसले किचेको थियो ।
बसले किचेका यूवकको घटना स्थलमै ज्यान गएको प्रत्यक्षदर्शीको भनाई छ । फरार रहेका मृतक यूवक सवार मोटरसाईकलका चालक भनिएका ईश्वरपुर नगरपालिका–४, निवासी २१ बर्षका रमेश महतोको पनि लालगढ अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ । पछि सम्पर्कमा आएको उन्लाई उपचारको लागि अस्पताल पुर्याईएको थियोे ।
दुर्घटनामा परेर ईलाका प्रहरी कार्यलय कर्मैयाका प्रहरी बरिष्ठ नायव निरिक्षक नारायण दाहाल र प्रहरी हवल्दार रामशरण न्यौपाने पनि घाईते भएका छन् । प्रहरी हवल्दार न्यौपानेको दायाँ खुट्टा भाच्चिएको छ । भने, प्रहरी बरिष्ठ नायव निरिक्षक दाहालको शरिरमा सामान्य चोटलागेको छ । घाईते दहालको बागमती स्थित मोडल अस्पतालमा उपचार भईरहेको छ । भने, हवल्दार न्यौपानेको लालगढमा उपचार भईरहेको जिल्ला प्रहरी सर्लाहीका डिएसपी दिपेन्द्र पंजियार थारुले पुष्टि गरे ।
प्रहरी बरिष्ठ नायव निरिक्षक दाहाल र प्रहरी हवल्दार न्यौपाने गस्तीमा रहेका बेला दुर्घटनामा परेका हुन् । प्रहरीले दुर्घटनामा संलग्न तिनवटै सवारी नियन्त्रणमा लिएको छ । भने, घटनाको बिषयमा थप अनुसन्धान सुरुगरेको जनाएको छ ।