Monday, December 2, 2024

नगरभरिका विद्यार्थीको निःशुल्क आँखा परीक्षण गरिने

ताजा / भरखरै प्राप्त

इश्वरपुर–सर्लाहीको ईश्वरपुर नगरपालिका भित्रका सम्पुर्ण बिद्यालयका छात्रछात्राको निशुल्क आँखा परिक्षण गरिने भएको छ ।

भरतपुर आँखा अस्पताल, नेपाल नेत्रज्योती संघ भरतपुर र आँखा उपचार केन्द्र ईश्वरपुरको संयुक्त आयोजनामा शिविर आयोजनागर्न लागिएको हो । शिविर मार्फत इश्वरपुर नगरपालिका भित्रका ३८ वटै सामुदायिक विद्यालयका अध्यनरत विद्यार्थीको निःशुल्क आँखा परीक्षण हुने भएको छ ।

आगामी माघ मध्यबाट शिविर आयोजना गरेर विद्यार्थीको आँखा उपचार सुरु गरिने तयारी भएको हो । त्यसका लागि शुक्रवार नगरका ३८ वटै विद्यालयका शिक्षकहरुलाई प्रशिक्षण प्रदान गरिएको थियो । अब शिक्षक शिक्षिकाहरुले विद्यार्थीहरुको आँखाको प्राथमिक परीक्षण गर्ने र समस्या देखिएका बिरामीलाई शिविरमा ल्याएर औषधि उपचार गराउने जनाईएको हो ।

माघ १४ गतेदेखि २९ गतेसम्म क्रमश ः वडानम्बर १ देखि १३ सम्मका विद्यालयका विद्यार्थी तथा फागुन ३ गते वडा नम्बर १४ र फागुन १५ गते वडा नम्बर १५ का विद्यार्थीका लागि बयलवास ल्याएर आँखा परीक्षण, उपचार र निःशुल्क औषधि वितरण गरिने आँखा उपचार केन्द्र ईश्वरपुरले जनाएको हो ।

सम्पन्न छलफलमा ईश्वरपुरका नगरप्रमुख मनोजकुमार आचार्य, नेपाल नेत्रज्योति संघ भरतपुरका रमेश घिमिरे, विष्णु हरि मैनाली, शिक्षा शाखाका प्रमुख हरि दाहाल, स्वास्थ्य शाखाका प्रमुख सुगेन्द्र महतो लगायत सहभागी भएका आँखा उपचार केन्द्रका उपाध्यक्ष प्रकाश मैनालीले जानकारी दिए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles