Monday, September 9, 2024

धरहरामा भिमसेन थापाको पुर्ण कद्को शालिक शिलन्यास

ताजा / भरखरै प्राप्त

सरिता सापाकोटा–सर्लाहीको बागमती नगरपालिका स्थित धरहरामा राष्ट्रिय विभुती भिमसेन थापाको शालिक शिलन्यास गरिएको छ ।

मंगलवार बागमती नगरपालिका–२, धरहरा स्थित बगाले थापा कुलायन मन्दिर परिसरमा राष्ट्रिय विभुती भिमसेन थापाको पुर्ण कदको शालिक शिलन्यास गरिएको हो । बगाले थापा समाजको कुल पुजा(देवाली)को अवसरमा शालिक शिलन्यास गरिएको बगाले थापा उत्थान अन्वेषण तथा कुल पुजा समितिका अध्यक्ष रामहरी थापाले जानकारी दिए ।

शालिकको पुर्व रक्षा मन्त्री तथा प्रतिनिधि सभा सदस्य हरि उप्रेतीले शिलन्यास गरेका थिए । बाराको कलैया नगरपालिका निवासी वन्दु रविन थापाको आर्थिक सहयोगमा उक्त शालिका शिलन्यास गरिएको समितिका सचिव माधव थापाले जानकारी दिए । ६ फिट ५ ईन्च अग्लो पुर्वा कदको शालिका निर्माणका लागि सम्पुर्ण खर्च रविन थापाले ब्यहोरेको उन्को भनाई थियो । बगाले थापा बन्दुहरु राष्ट्रिय विभुती भिमसेन थापाको सन्तती रहेको वंशावलीमा समेत उल्लेख छ ।

सोही कार्यक्रममा विच सर्लाही सहित छिमेकी जिल्लाका बगाले थापा बन्दुहरुले एकै ठाउँमा भेला भएर भव्यताका साथ कुल पुजा(देवाली) समेत सम्पन्न गरेका छन् । गत तिन बर्ष देखी यहाँ थापा बन्दुहरुले देवाली पुजा गर्दै आएका छन् । यसबर्षबाट भने अब प्रतेक तिन÷तिन बर्षमा कुलपुजा (देवाली) गरिने समाजले जनाएको हो । यस्तै शालिक नजिकै भिमशेन स्तम्भ अर्थात नौ तले धरहराको प्रतिमा समेत तयार गर्ने लक्ष्य रहेको समितिका अध्यक्ष थापाले जानकारी बताए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles