Monday, October 7, 2024

देउसी भैलोको पैसाले बालगृहलाई खाध्यन्न

ताजा / भरखरै प्राप्त

बागमती–सर्लाहीको बागमती नगरपालिका स्थित मिलनचोकको महिला समुहले देउसी भैलोबाट संकलित रकमबाट बालगृहलाई खाध्यन्न हस्तान्तरण गरेको छ ।

शनिवार बागमती नगरपालिका–१, मिलनचोकमा रहेको जनकल्याण महिला समुहले देउसी भैलोबाट संकलित रकमबाट चेतना सन्देश नेपालद्वारा संचालित द्वन्द्व पिडित बालगृहलाई खाध्यन्न हस्तान्तरण गरेको हो । हरिवन नगरपालिका–५, घुर्कौलीमा रहेको यस बालगृहलाई खाध्यन्न सहयाेग गरेको समुहले जनाएको छ ।

तिहारमा संस्कृतीको जगेर्ना गर्ने उध्येश्य सहित खेलीएको देउसी भैलोबाट संकलित दक्षिणाबाट ३५ हजार मुल्य बराबरको खाध्यन्न बालगृहलाई सहयोग गरिएको संस्थाकी अध्यक्ष उमा थापा मगरले जानकारी दिईन् । समुहले चामल, दाल, तेल, नुन, चिनि, चियापत्ति, चाउचाउ, आलु, बेसार, चिउरा, भुजा लगाएतका खाध्यन्न सहयोग गरेको हो ।

मधेश प्रदेश सभा सदस्य बेची लुंगेलीको प्रमुख आतिथ्यतामा सम्पन्न खाध्यन्न हस्तान्तरण कार्यक्रममा बालगृह संचालक संस्थाका अध्यक्ष सुरेन्द्र लामा, नेपाल मगर संघ प्रदेश कमिटि मुख्य सचिव तेज नारायण आले मगर, चन्द्र बहादुर थापा मगर, नन्द सिंह गुरुङ लगाएतको आतिथ्यता रहेको संस्थाकी उपाध्यक्ष मिना थापामगरले जानकारी दिईन् ।

सामाजिक क्षेत्रमा सकृय यस महिला समुह लोकबाजा अर्थात पन्चेवाजा संरक्षणमा समेत सकृय रहदै आएको छ । देउसी भैली लगाएको कार्यक्रमबाट संकलित रकम भोजभत्तेर जस्ता कार्यमा खर्चने परम्परालाई चुनौ दिदै आफुहरुले बालगृहलाई खाध्यन्न हस्तान्तरण गरेर सामाजिक सन्देश दिन खोजेको समुहकी कोषाध्यक्ष लक्ष्मि थापामगरेको भनाई छ ।

केही समय पहिलामात्र यसै क्षेत्रका युवा समुहले समेत देउसी भैलोबाट संकलन गरेकाे रकमबाट लालबन्दी–१, मा रहको पद्मभुवनेश्वरी नमुना बृद्वआश्रममा खाध्यन्न सहयोग तथा मिष्ठान्न भोजन गराएका थिए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles