राजु लो तामाङ, बागमती–तामाङ पत्रकार संघको २० औं स्थापना दिवस सर्लाहीमा पनि मनाइएको छ ।
बिहीबार बागमती नगरपालिका–१२, स्थित भरत ताल परिसरमा रहको लामा बर्गर हाउसमा शुभकामना आदानप्रदान गर्दै दिवस मनाईएको हो । दिवसको अवसरमा बागमती नगरपालिकाकी उपप्रमुख लिला कुमारी मोक्तानको प्रमुख आतिथ्यतामा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरिएको संघका सर्लाही शाखा अध्यक्ष चन्द्र बहादुर जिम्बाले जानकारी दिए ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेकी उपमेयर मोक्तानले संघले तामाङ समुदायको हकहितका लागि काम गरिरहेको भन्दै प्रशंसा गरिन् । यस समुदायबाट पत्रकारीता क्षेत्रमा उपस्थित न्यून रहेको भन्दै थप मलजल गर्न आवश्यक रहेको बताईन् । उन्ले आगामी दिनमा तामाङ पत्रकार संघ र पत्रकारहरुलाई आवश्यक सहयोग गर्ने प्रतिवद्धता समेत ब्यक्त गरिन ।
तामाङ पत्रकारहरुको समुह कम्जोर भएकै कारण यस समुदायका समस्या निकै कम बाहिर आउने गरेको तामाङ पत्रकार संघका केन्द्रिय सदस्य राजु लो तामाङले दावी गरे । कार्यक्रममा नेपाल तामाङ घेदुङका संघीय सदस्य जयमान पाख्रिन, प्रदेश अध्यक्ष यमलाल गोले, जिल्ला अध्यक्ष बुद्ध लामा, बागमती नगर घेदुङका अध्यक्ष जय गोले, उपाध्यक्ष द्वय सरिता घिसिङ लगाएतको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा हिरालाल स्याङ्तान, बागमती नगरपालिका १ र २ का वडाध्यक्ष द्वय क्रमशः गम्भीर सिं पाख्रिन र टेक बहादुर बल, राष्ट्रिय भूमि अधिकार मञ्च सर्लाहीका अध्यक्ष जित बहादुर गोले, काल्साङ छ्योइ खोर्लिङ गुम्बाका प्रमुख लामा. पाल्देन दोर्जे योन्जन, समाजसेवी व्यक्तित्व सन्त बहादुर थोकर, शिक्षक विकास जिम्बा लगायत विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिको सहभागीता रहेको थियो ।
संघले हाल नेपालमा २२ वटा जिल्ला दुई प्रदेश बागमती र कोशी त्यसैगरी प्रवास दक्षिण कोरियामा समेत शाखा विस्तार गरिसकेको छ । स्थापना दिवसको अवसरमा सर्लाही सहित संघीय कार्यसमिति र देशै भरिका शाखाले भब्य कार्यक्रम आयोजना गरेका थिए ।