Friday, February 23, 2024

ताईवान टोल पशुपालन कृषक समुहको बार्षिक साधारण सभा सम्पन्न

ताजा / भरखरै प्राप्त

हरिवन–सर्लाहीको हरिवन नगरपालिका स्थित ताईवान टोल पशुपालक कृषक समुहको बार्षिक साधारण सभा सम्पन्न भएको छ ।

आईतवार हरिवन नगरपालिका–१०, स्थित ताईवान टोलामा रहेको संस्थाको कार्यलय प्रांगणमा पहिलो बार्षिक साधारण सभा सम्पन्न भएको हो । मधेश प्रदेश सांसद जवाहरलाल कुशवाहको प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको संस्थाकी अध्यक्ष वेली कुमारी मोक्तानले जानकारी दिईन ।

कृषि तथा पशुपालको माध्यमबाट स्थानीय स्तरमा न्युनआए भएका परिवारको जिवन स्तर उकास्ने उद्येश्य सहित संस्था संचालनमा आएको हो । संस्थाको बार्षिक साधारण सभाको अवसरमा अपांगता भएका १५ जनालाई ब्यांकेट वितरण गरिएको थियो । प्रमुख अतिथि कुशवाहको ब्यवस्थापन तथा संस्थाको समन्वयमा ब्ल्यांकेट वितरण गरिएको हो ।

यस्तै संस्थाका विपन्न १० परिवारलाई पनि एक÷एक थान ब्ल्यांकेट बितरण गरिएको संस्थाका सल्लाहकार एवं संरक्षक समेत रहेका राज लामाले जानकारी दिए । गत संघिय निर्वाचनमा क्षेत्र नम्बर ३ बाट प्रत्यासी बनेका नेता नरेन्द्र साहको सहयोगमा उक्त ब्ल्यांकेट वितरण गरिएको उन्ले बताए ।

कार्यक्रममा नेकपा माओवादी केन्द्र हरिवन नगरकमिटिका अध्यक्ष अर्जुन पन्त, उपाध्यक्ष जयमान पाख्रिन, सचिव गौरी महतो, सचिवालय सदस्य रोहित परियार लगाएतको आतिथ्यता रहेको थियो । समुहले सामुहिक रुपमा मासिक थोरै थोरै रकम संकलनगर्ने, समस्यामा परेका सदस्यहरुलाई सहयोग गर्ने लगाएतका कार्यसमेत गर्दै आएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles