Thursday, June 13, 2024

जन्मोत्सवको अवसरमा अनाथ बालबालिकालाई भोजन

ताजा / भरखरै प्राप्त

हरिवन– सर्लाहीको हरिवनमा रहेको सर्विस फर पिस नेपालमा आश्रित अनाथ बालबालिकालाई मनकारी परिवारले मिष्ठान्न भोजन गराएका छ ।

सोमबार हरिवन नगरपालिका–३, निवासी बिक्की राय र सोनु सिंङले छोरा रान्सु रायको जन्मोत्सव सर्भिस फर पिस नेपालमा आश्रित अनाथ बालबालिका सगैँ मनाएका हुन् । सर्विस फर पिस नेपालमा १७ जना परिवार विहिन बालबालिका आश्रय लिएर बसिरहेका छन् । उनीहरुलाई पारिवारीक स्नेह प्राप्त होस भनेर छोराको जन्मोत्सव आश्रमै आएर मनाएको बिक्की रायले बताए ।

मधेश प्रदेशका सांसद जवाहरलाल कुशवाहको प्रमुख आतिथ्यतामा जन्मोत्सवको शुभकामना प्रदान तथा मिष्ठान्न भोजन कार्यक्रम सम्पन्न गरिएको थियो । कार्यक्रममा हरिवन नगरपालिकाका मेयर रमेश बुडाथोकी(कमल), वडाध्यक्षहरु टम बहादुर घिसिङ, दिपमान लोप्चन, कांग्रेस नेता ईश्वर बहादुर महत लगाएतको आतिथ्यता रहेको थियो । सोही अवसरमा बालबालिकाहरुलाई स्टेसनरी सामाग्री समेत प्रदान गरिएको थियो ।

आश्रममा आश्रित बालबालिकाहरुलाई हौसल्ला प्रदान गर्ने गरी आयोजना गरिएको जन्मउत्सव कार्यक्रममा हरिवन क्षेत्रका बित्तिय संघ संस्थाका प्रमुख एवं प्रतिनिधि, यूवा ब्यवसायीहरु, राजनीतिक ब्यक्तित्वहरुको समेत सहभागिता रहेको संस्थाका संचालक सदस्य एवं कार्यक्रम संचालक मनिष बरालले जानकारी दिए । यसरी संस्था र आश्रित बालबालिकाहरु सगैँ जन्मोत्सव मनाई दिएको भन्दै संचालक सदस्य बरालले धन्यवाद समते ज्ञापन गरे ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles