सरिता सापकोटा, बागमती–सर्लाहीको बागमतीमा रहेको कृषि उत्पादन एवं प्रशोधन कृषि सहकारीको साधारण सभा सम्पन्न भएको छ ।
आईतवार बागमती नगरपालिका–४, स्थित जनज्योती प्राथमिक बिद्यालय प्रांगणमा संस्थाको सातौँ साधारण सभा सम्पन्न गरिएको हो । सभा स्थानीय राजनीतिज्ञ लक्ष्मण पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको संस्थाले जनाएको छ । सभा मार्फत संस्थाले विभिन्न शिर्षकमा शेयर सदस्यहरुलाई सम्मान समेत गरेको थियो ।
संस्थाको आर्थिक बर्ष २०७९÷८० को लेखा परिक्षण प्रतिवेदन समेत सभा समक्ष पेस गरिएको थियो । संस्थाले गत आर्थिक बर्षमा ४८ लाख ३४ हजार ४८ रुपैया तिन पैसा बराबरको कुल कारोबारबाट ५ लाख तिन हजार सात सय १८ रुपौया ५४ पैसा बराबरको खुद मुनाफा समेत आर्जत गरेको संस्थका सहायक ब्यवस्थापक भवानी प्रसाद दहालले जानकारी दिए ।
संस्थालो आर्जन गरेको मुनाफाबाट १० प्रतिशतका दरले शेयर लाभांस वितरण गर्ने समेत निर्णय गरेको जनाएको छ । आफ्ना सदस्यहरुलाई नियमित बचतमा ७ प्रतिशत, ऐच्छिक बचतमा ६ प्रतिशत र बाल बचतमा १० प्रतिशतका दरले ब्याज दिने गरेको छ । यस्तै ऋण तर्फ कृषिमा १६ प्रतिशत र भैसी कर्जामा १२ प्रतिशतका दरले ब्याज लिने गरेको संस्थाले जनाएको हो ।
यस संस्थाले उत्कृष्ठ ऋणीमा गंगा रसाईली र राम नरेश हजारी, उत्कृष्ठ बचत कर्तामा कुशुम कुमारी महतो र शान्ता बिश्वकर्मा, जेष्ठ सदस्यमा नन्दलाल बिश्वकर्मा, दुध कृषक तर्फ जेष्ठ सदस्यमा नैनानन्द आचार्यलाई सम्मान गरेको संस्थाका कार्यसमिति सदस्य गोकर्ण रुपाखेतीले जानकारी दिए ।
संस्थाका अध्यक्ष कृष्ण प्रसाद प्रसाईको अध्यक्षतामा आयोजित सभामा बागमती नगरपालिका–४, का वडाध्यक्ष कृष्ण कुमार लामा, राष्ट्रिय सहकारी बैकका प्रविण कुमार सिङ लगाएतको आतिथ्यता रहेको संस्थाले जनाएको हो ।