हरिवन–सर्लाहीको हरिवनमा रहेको ईन्दुशंकर चिनि उद्योगले यस सिजनको क्रसिङ तयारी पुरा गरी डुंगा पुजा गरेको छ ।
बिहिवार औपचारिक कार्यक्रमका विच उद्योगले यस सिजनको क्रसिङका लागि डुंगा पुजा गरेको जनाएको हो । यो सगैँ यस सिजनका लागि उद्योग संचालनको अन्तिम तयारी समेत पुरा भएको उद्योग प्रशासनले जनाएको छ । उद्योगले यस बर्ष ३५ लाख क्वीन्टर उखु क्रसिङ लक्ष्य राखेको उद्योगका प्रशासकिय प्रमुख ठाकुर प्रसाद नेपालले जानकारी दिए ।
बिहिवार बिहान साईतमा डुंगामा उखु खसालेर क्रसिङ साईत गरिएको उद्योगका उखु प्रवन्धक योगनारायण रजकले बताए । डुंगा पुजामा मिलगेट क्षेत्रका अगुुवा उखु किसान, राजनैतिक दलका स्थानीय नेता, विभिन्न कार्यलयका प्रमुख एवं प्रतिनिधि लगाएतको उपस्थिती रहेको उद्योगले जनाएको हो । डुंगा पुजा सगैँ उद्योग संचालनको तयारी भएको छ ।
शुक्रवारबाट चलान वितरण गरेर २६ गतेबाट क्रसिंग गरिने तयारी भएको प्रशासकिय प्रमुख नेपालले बताए । यस उद्योगले गत सिजन २८ लाख २० हजार क्वीन्टल उखु क्रसिङ गरेको थियो । यस क्षेत्रमा उखु उत्पादन क्षेत्रफल नबढेको भएपछि गुणस्तरिय जातको उखु खेती भएकाले उत्पादन १० देखी १५ प्रतिशतले बढेको उद्योगले जनाएको छ । उत्पादन बढेकाले क्रसिङ लक्ष्य बढाईएको प्रवन्धक रजकले जानकारी दिए ।
यस उद्योगले चैत मसान्त सम्म उखु क्रसिङ गर्ने जनाएको छ । यस उद्योगले किसान सगँ उखु खरिद गरेको रकम यस पहिलानै भुक्तानी गरिसकेको छ । तर, सरकारले दिने भनेको अनुदान बापतको रकम अझै नपाएको किसानहरुले गुनासो गरेका छन् । सर्लाहीको बागमती नगरपालिका–२, निवासी शंकर थापाले अर्को सिजन सुरुहुनै लाग्दा समेत सरकारले अनुदान रकम नदिएर किसानलाई दुख दिएको गुनासो गरे ।
ईन्दुशंकर सहित सर्लाहीमा तिन वटा चिनि उद्योग रहेका छन् । त्यस मध्य गोडैताको महालक्ष्मि चिनि उद्योग र ईन्दुशंकर चिनि उद्योग हरिवन मात्र नियमित संचालनमा छ । अर्को धन्कौलमा रहेको अन्नपुर्ण चिनि उद्योग किसानको भुक्तानी समयमै दिन नसके पछि पटक–पटक खुल्दै र बन्द हुदै आएको छ । सर्लाहीमा बर्षेनी ७० लाख क्वीन्टलको हाराहारीमा उखु उत्पादन हुदै आएको छ ।
जिल्लाको गोडैतामा रहेको महालक्ष्मि चिनि उद्योगले केही दिन पहिलाबाट क्रसिङ सुरु गरिसकेको छ । तर, किसानहरुले गत सिजनको उखुको पैसा भुक्तानी गर्दै नगरी उद्योग संचालन गरेको भन्दै असन्तुष्ठि जनाएका छन् । सोही कारण धेरै उखु किसानले यस बर्ष उखु हरिवन तथा रौतहटको उद्योगमा लगेर बिक्री गर्ने मनस्थिती बनाएको बताए ।