Wednesday, May 21, 2025

स्वर्गीय वाग्लेको स्मृतिमा परिवारद्वारा अक्षय कोष स्थापना

ताजा / भरखरै प्राप्त

हरिवन–सर्लाहीको हरिवनमा शिक्षा पुरस्कारका लागि लागि एक लाख रुपैया बराबरको अक्षय कोष स्थापना गरेको छ ।

मंगलवार हरिवन नगरपालिका–८,का स्वर्गिय वालकृष्ण वाग्लेको स्मृतिमा परिवारले एक लाख बराबरको अक्षयकोष स्थापना गरिदिएका हुन् । बार्षिक रुपमा वितरण गर्ने गरी शिक्षा पुरस्कारको लागि कोष स्थापना गरिदिएको परिवारले जनाए । कोष सोही स्थानमा रहेको जनजागृति माध्यामिक विद्यालयमा स्थापना गरिएको स्वर्गिय वाग्लेका कान्छा छोरा चूडामणि वाग्लेले जानकारी दिए ।

कोषबाट हरेक वर्ष कक्षा ८ मा सर्वोत्कृष्ठ अंक ल्याएर उतिर्ण हुने एक छात्रा र एक छात्र गरि दुई विद्यार्थीलाई पुरस्कार प्रदान गरिने उल्लेख छ । कार्यक्रमका प्रमुख अतिथि पुर्व रक्षा मन्त्री एवं प्रतिनिधि सभाका सदस्य हरि उप्रेतीले कोषको रकम विद्यालयलाई हस्तान्तरण गरे । सोही कार्यक्रमका विच यस वर्षको पुरस्कार कक्षा ८ मा प्रथम भएका विद्यार्थी तेज बहादुर बस्नेत र द्वितिय विद्यार्थी शिवानी मोक्तानलाई प्रदान गरिएको थियो ।

उनीहरुलाई जनही नगद दुई हजार पाचँ सय र प्रमाण पत्र प्रदान गरिएको विद्यालयले जनाएको छ । अर्को वर्षदेखि अक्षय कोषको ब्याज रकमबाट पुरस्कारलाई निरन्तरता दिईने विद्यालयका प्रधानाध्यापक चन्द्र मोहन झाले जानकारी दिए । कार्यक्रममा विद्यार्थी, अभिभावक, जनप्रतिनिधि र स्थानीयबासीहरुको समेत उल्यख्नीय उपस्थिति रहेको थियो ।

अक्षय कोष एवं पुरस्कार हस्तान्तरण कार्यक्रम बक्ता पुर्व रक्षा मन्त्री हरि उप्रेती, हरिवन नगरपालिकाका नगर प्रमुख रमेश वुढाथोकी, वडा अध्यक्ष प्रज्वल ढुंगानालगायतले वाग्ले परिवारले गरेको कामको खुलेर गरे । कोष स्थापनाले अरुलाई पनि यस्तो काम गर्न प्रेरणा मिल्ने कार्यक्रममा प्रमुख अतिथि एवं पुर्व रक्षा मन्त्री उप्रेतीले बताए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles