Thursday, October 10, 2024

सार्वजनिक शिक्षामा लैङ्गिक हिंसाको प्रभाव बिषय अन्तरकृया सम्पन्न

ताजा / भरखरै प्राप्त

मलंगवा–सर्लाहीको मलंगवामा निःशुल्क गुणस्तरिय सार्वजनिक शिक्षामा लैङ्गिक हिंसाको प्रभाव बिषयक संबाद कार्यक्रम संम्पन्न भएको छ ।

बिहिबार मलंगवा नगरपालिका स्थित जिल्ला समन्वय समितिको सभाहलमा १६ दिने लैङ्गिक हिंसा बिरुद्धको अभियानलाई लक्षित गरी संबाद कार्यक्रम सम्पन्न गरिएको हो । संबादमा बक्ताहरुले निःशुल्क गुणस्तरीय सार्वजनिक शिक्षामा लैंङ्गिक हिंसाको प्रभावको बिषयमा आ–आफ्नो धारण राखेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि जिल्ला समन्वय समिति सभापति कौशल किशोर सिंहले सार्वजनिक शिक्षमा समेत लैङ्गिक हिंसा रहेको बताए।

निःशुल्क गुणस्तरीय सार्वजनिक शिक्षामा लैङ्गिक हिंसाको प्रभावका कारण धेरै बालबालिकाले पढाई बिचैमा छाड्ने गरेका उहाँहरुको तर्क थियो । अधिकांस बक्ताले यस्ता कार्यक्रम बिद्यालय प्रांगणमै आयोजना गर्नु पर्ने बताए । आजको यूगमा समेत विद्यमान लैङ्गिक हिंसाका कारण समाज पछाडि परिरहेको प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाको भनाई थियो ।

शिक्षाका लागि राष्ट्रिय अभियान नामक गैर सरकारी संस्थाको आयोजनामा सम्पन्न कार्यक्रममा नागरिक समाजका महासचिव शिवचन्द्र चौधरी, मावन अधिकारकर्मी, महिला अधिकारका क्षेत्रमा सकृय प्रतिनिधिहरु समेतको सहभागिता रहेको कार्यक्रमका सभाध्यक्ष एवं आयोजक संस्थाका अध्यक्ष राजेश पासवाले जानकारी दिए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles