Wednesday, February 21, 2024

सर्लाहीमा रोकिराखेको ट्रकमा मोटरसाईकल ठोक्किदा दुईजनाको ज्यान गयो

ताजा / भरखरै प्राप्त

सर्लाहीको लालबन्दीमा रोकिराखेको ट्रकमा मोटरसाईकल ठोक्किदा दुईजनाको मृत्यु भएको छ ।

गएराती लालबन्दी नगरपालिका–१७, कालिन्जोर स्थित पुर्वपश्चिम राजमार्गमा बिग्रिएर रोकी राखेको ट्रकको पछाडीबाट मोटरसाईकल ठोकिएको हो । घटनामा प्रदेश २–०३–००४–५३५५ नम्बरको मोटरसाईकलका चालक सर्लाहीको हरिवन नगरपालिका–११, बस्ने मुकेश कुमार गुप्ता र मोटरसाईकलमा सवार सोही स्थानका ३५ बर्षका शुनिल कुमार गुप्ताको मृत्यु भएको हो ।

पुर्वबाट पश्चिम आउदै गरेको मोटरसाईकल सोही दिशा तर्फ आउदै गर्दा बिग्रीएर रोकिराखेको बिआर ०६ जिडि ३१४१ नम्बरको ट्रकमा ठोक्किएको ईलाका प्रहरी कार्यलय लालबन्दीले जनाएको हो । घटनामा गम्भीर घाईते भएका मुकेशको उपचारको लागि प्रदेशिक अस्पताल मलंगवा पुर्याएपछि चिकित्सकले मृत घोषण गरेका थिए । भने, सुनिललाई जनसेवा अस्पताल बर्दिवास पुर्याए पछि चिकित्सकले मृत घोषणा गरेका हुन् ।

दुर्घटनामा दुबैको टाउँको, नाक, मुख लगाएत शरिरका विभिन्न भागका चोट लागेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles