सरिता सापकोटा, बागमती– सर्लाहीको बागमती नगरपालिका स्थित धरहरा निवासी एक मिर्गौला पिडित महिलालाई सहयोग रकम हस्तान्तरण गरिएको छ ।
बिहिवार बागमती नगरपालिका–३, घरहरा स्थित पिडित महिलाको घरमै पुगेर सहयोग रकम हस्तान्तरण गरेको बेलिमाया बचाउ अभियानका अभियन्ता टंक बहादुर बोहरा (सितल)ले जानकारी दिए । उक्त रकम वडा सदस्यद्वय श्रीमान स्याङतान र हिरालाल बम्जनको रोहबरमा पिडित बेलीमायालाई हस्तान्तरण गरिएको हो । ३८ बर्षिया बेलिमाया बम्जन विगत केही समय यता दुवै मिर्गौमा समस्या देखिएपछि उपचारत् छिन् ।
उन्को उपचारको लागि संचालन गरेको अभियानबाट संकलित एक लाख ७८ हजार ३ सय ६० रुपैया नगद पिडित बेलिमायालाई हस्तान्तरण गरिएको हो । अभियानमा जोडिएर देश तथा बिदेशमा रहेका सहयोगिहरुबाट उक्त रकम संकलन गरिएको थियो । सहयोग रकम हाल अमेरिका रहेकी रोशनी बम्जनबाट १५ हजार, श्री जनवाल कल्याण माध्यामिक बिध्यालयका शिक्षक शिक्षिकाको तर्फबाट ११ हजार ४ सय ४५ रुपैया प्राप्त भएको थियो ।
यस्तै बिध्यालयका ब्यवस्थापन समिति अध्यक्ष एवं समाजसेवी टंक बहादुर बोहराको तर्फबाट ५ हजार ५ सय ५०, वडाध्यक्ष तिलक मोक्तानको तर्फबाट ५ हजार ५ सय, सुरुची यूवा क्लवका अध्यक्ष कान्छामान गोलेको तर्फबाट ५ हजार ५, विजय डिमडोङको तर्फबाट ५ हजार, नारायण तिमल्सेनाको तर्फबाट ५ हजार, कार्यपालिका सदस्य रुपा बोम्जनको तर्फबाट ३ हजार, वडा सदस्य श्रीमान स्याङतानको तर्फबाट ३ हजार प्राप्त भएको थियो ।
आर्थिक अभावले विपन्न परिवारकी उनको नियमित डाईलासिस गर्न समेत समस्या भएको श्रीमान शेर बहादुर बम्जनले बताए । आर्थिक अभावकै कारण बेलीमायालाई अस्पतालबाट घर ल्याएर राख्नु परेको शेर बहादुरको गुनासो थियो । उनीहरुको एक धुर जग्गा जमिन समेत नरहेको परिवारजनको भनाई छ । दैनिक ज्याला मज्दुरी गरेर परिवार पाल्दै आएका शेर बहादुरले श्रीमतीको उपचारमा सहयोग पुर्याई दिन अनुरोध समेत गरे ।
मैले गरेको दैनिक ज्याला मजदुरीले परिवारको हातमुख जोड्न समेत समस्या छ । उन्ले भने, म श्रीमतीको उपचार कसरी गरौँ । आर्थिक रुपमा सहयोग गरेर मेरो श्रीमतीलाई थप जिवन दिन सहयोग गरिदिनुहुन सबैमा अनुरोध गर्दछु । श्रीमतीको स्वास्थ्यमा समस्या देखिएपछि उपचारको क्रममा उनी मिर्गौला रोगबाट ग्रसित भएको पत्ता लागेको शेर बहादुरको भनाई थियो ।
बेलीमाया बचाउँ अभियानमा सम्लग्न भएर सहयोग गर्न चाहनेलाई कान्छी पाख्रिन र बेलिमाया बम्जनको नाममा नेपाल बैँक हरिवन शाखामा रहेको खाता नम्बर १३२०१००७५९८४१५०००००१ मा जम्मा गरेर सहयोग गर्न सकिने छ । अभियानका अभियन्ता बोहराले अभियानलाई निरन्तारता दिईने बताउदै समाजका सबैलाई सामाजिक मात्र नभई जिवन दिने पुण्य काममा सहयोग गरिदिन आग्रह गरे ।
यस बेलीमाया बजाउँ अभियानमा वडाध्यक्ष तिलक मोक्तान, कार्यपालिका सदस्य रुपा बम्जन, वडा सदस्य सहदेव महतो, हिरालाल बिश्वकर्मा, श्रीमान स्याङतान, नारायण तिमल्सेना लगाएतको सकृय भुमिका रहेको अभियानका संयोजक तथा समाजसेवी बोहराले बताए । बेलीमाया बचाउँ अभियान तथा पिडित परिवारले देश तथा बिदेशमा बस्ने सम्पुर्णमा उपचार सहयोगको लागि अपिल गरेका छ ।
सबै मिलेर गरेको थोरैथोरै सहयोगले पनि पिडितको जिवन रक्षा हुने भएकोले सबैले आफ्नो क्षमता अनुसार सहयोग पुर्याई दिन उक्त वडाका वडाध्यक्ष तिलक मोक्तानले अनुरोध गरेका छन् । पिडित बेलीमायाका एक छोरा र एक छोरी छन् । साथै ९६१०३९०७ र ९७४३५८१५३८ मा फोन गरेर पिडित परिवार सगँ सम्पर्क गर्न सकिने छ ।
विभिन्न बिध्यालय संग सहकार्य गरेर आर्थिक सहयोगमा पहल गरिने जनवाल कल्याण माध्यामिक बिध्यालयका प्रधानाध्यापक प्रकाश बहादुर जिम्बाले प्रतिबद्दता जनाए ।