Wednesday, February 21, 2024

भक्तिपुरमा आग्लागीबाट तिनजना घाईते

ताजा / भरखरै प्राप्त

भक्तिपुर-सर्लाहीको ईश्वरपुर नगरपालिका स्थित भक्तिपुरमा आग्लागीबाट तिनजना घाईते भएका छन् ।

ईश्वरपुर नगरपालिका–३, भक्तिपुरमा स्थानीय चन्देश्वर चौधरीको पसलमा आग्लागी भएको हो । पसलमा अति प्रज्वलनशिल पदार्थ पेट्रोल भरेर राख्ने क्रममा आग्लागी भएको प्रहरीले जनाएको छ । चौधरीले पेट्रोल भरिरहेको बेला उन्को भान्जा पर्ने बालकले लाईटरबालिदिएपछि आगलागि भएको स्थानीयको भनाई छ ।

आगलागीबाट चौधरी सहित उन्को छोरा राम कुमार चौधरी र नाती समेत घाईते भएका छन् । घाईते मध्य राम कुमारको अवस्था गम्भिर बनेकोले उपचारको लागि काठमाण्डौ रेफर गरेको ईलाका प्रहरी कार्यलय केश्वरगंजले जनाएको छ । अन्यको स्थानीय स्वास्थ्य संस्थामा उपचार भईरहेको छ । यस्तै आगलागीले चौधरीको घर समेत जलेर पुर्णरुपमा नष्ट भएको छ ।

आगलागीबाट मानविय क्षती हुन नपाएको भएपनि १५ लाख मुल्य बराबरको धनमाल जलर नष्ट भएको प्रहरीले जनाएको छ । आगलागीबाट खुल्ला आकाश मुनी आईपुगेका पिडित परिवारलाई नगर प्रमुख मनोज आचार्यले खाध्यन्न सामाग्री सहित ५१ हजार नगद सहयोग गर्नु भएको छ । पिडित परिवारलाई दैनिकी गुजार्न तथा उपचारको लागी सहयोग होस भनेर ब्यक्तिगत रुपमा सहयोग गरेको मेयर आचार्यले जानकारी दिनुभयो ।

आगलागी हरिवन नगरपालिकाबाट पुगेको दमकल स्थानीय, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगाएतको प्रयासमा नियन्त्रणमा आएको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles