Friday, February 23, 2024

सर्लाहीमा हात्तीको आक्रमणबाट एक यूवकको ज्यान गयो, अर्का एक घाईते

ताजा / भरखरै प्राप्त

हरिवन–सर्लाहीको जानकीनगर जंगलमा हात्तीको आक्रमणबाट एक यूवकको ज्यान गएको छ । भने, अर्का एक जना गम्भिर घाईते भएका छन् ।

मंगलवार हरिपुर नगरपालिका–१, स्थित जानकीनगर जंगलमा हात्तीको आक्रमणबाट रामेछापको सैपु गाउँपालिका–२, लिखुतामाकोशी घर भई सर्लाहीको हरिवन बस्दै आएका अन्दाजी १८ बर्षका शिव प्रसाद दहालको ज्यान गएको हो । दहाललाई जंगलमा घाँस काट्न गएको अवस्थामा हात्तीले आक्रमण गरेको प्रहरीले जनाएको छ ।

दहाल केही समय यता हरिवन नगरपालिका–७, ताईवान स्थित आफन्तकोमा बस्दै आएका थिए । हात्तीको आक्रमणबाट दहालको घटना स्थलमै ज्यान गएको प्रहरीले जनाएको हो । उन्को सव परिक्षणको लागि मलंगवा स्थित प्रदेशिक अस्पताल पठाईएको जिल्ला प्रहरी कार्यलयले सर्लाहीले जनाएको छ ।

यस्तै सोही घटनामा अन्दाजी ५१ बर्षका छविलाल काफ्ले गम्भिर घाईते भएका छन् । हात्तीको आक्रमणबाट घाईते काफ्लेको स्थानीय स्वास्थ्य संस्थामा उपचार भईरहेको आफन्तले जनाएका छन् । डिभिजन बन कार्यलय सर्लाहीले केही दिन यता जिल्लाका विभिन्न बन क्षेत्रमा जंगली हात्ती देखीएकोले सचेत रहन आग्रह गरेको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles