Monday, December 2, 2024

मकै पकेट कार्यक्रमका लागि बागमतीमा किसानलाई अनुदान

ताजा / भरखरै प्राप्त

बागमती–सर्लाहीको बागमती नगरपालिकामा प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तरगत किसानलाई बिउँ बिजन तथा उपकरण हस्तान्तरण गरिएको छ ।

सोमबार बागमती नगरपालिका–१०, शंकरपुर सोल्टी बजारमा एक कार्यक्रमको आयोजना गरी अनुदानमा कृषि उपकरण तथा बिउँबिजन वितरण गरिएको बागमती कृषि शाखा हिमाल साहीले जानकारी दिए । नगरको प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तरगतको कार्यक्रमका लागि नगरपालिका र साना किसान कृषि सहकारी संस्था शंकरपुरले सम्यूक्त लागत साझेदारीमा मकै पकेट संचालन गरेका हुन् ।

मधेश प्रदेशका सांसद जवाहरलाल कुशवाहको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमका लागि अनुदानमा उन्नत जातको मकैको बिउँ, औषधी तथा कृषि उपकरण किसानहरुलाई वितरण गर्न सुरुगरेको सहकारीका अध्यक्ष भुपेन्द्रमान श्रेष्ठले जानकारी दिए । १० लाख लागत रहने यस कार्यक्रमका लागि कृषि सहकारी र नगरपालिकाले ५०/५० प्रतिशत अर्थात ५/५ लाख लागत बेहोर्ने गरी सम्झौता गरेका नगरपालिका कृषि शाखाले जनाएको हो ।

सिंचाईको समेत सुविधा रहेको बागमतीको शंकरपुर, राजघाट लगाएतको क्षेत्रमा ठुलो परिमाणमा उन्नत जातको मकै खेती हुदै आएको छ । मकै खेतीबाट यहाँका किसानहरुले समेत मनग्य आम्दनी गर्ने गरेको बताउने गरेका छन् । नगरपालिकाले समेत यस क्षेत्रलाई मकै पकेट क्षेत्रको रुपमा विकास गर्ने लक्ष्य राखेको मेयर भरत कुमार थापाले जानकारी दिए ।

सहकारी संस्थाका अध्यक्ष श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सांसद कुशवाहको प्रमुख अतिथ्य रहेको थियो । भने, नगरका मेयर थापाको बिशिष्ठ आतिथ्यता रहेको थियो । यस्तै कार्यक्रममा बागमती नगरपालिका–११, का वडाध्यक्ष प्रदिप आचार्य लगाएतको आतिथ्यता रहेको बागमती नगरपालिका कृषि शाखाले जनाएको हो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles