Wednesday, May 21, 2025

बरहथवामा भएको दुर्घटनामा तिनजना गम्भिर

ताजा / भरखरै प्राप्त

जितेन्द्र कुशवाह, बरहथवा– सर्लाहीको बरहथवामा भएको सवारी दुर्घटमा तिन जना गम्भिर घाइते भएका छन् ।

मंगलवार साझ बरहथवा नगरपालिका–९, मुक्तेश्वर चोकमा स्कारपियो मोटरसाइकल एक आपसमा ठोक्किएको हो । दुर्घटनामा मोटरसाइकलमा सवार ३ जना गम्भीर घाइते भएको ईलाका प्रहरी कार्यलय बरहथवाले जनाएको छ । घाईते तिनै जना मोटरसाईकलमा सवार यूवक रहेका खुलेको छ ।

साझ बरहथवाबाट नयाँरोड तर्फ जादैगरेको मधेस प्रदेश ०२–००१ झ ०२४० नम्बरको सरकारी नम्बर प्लेट रहेको स्कोरपियो र विपरीत दिशाबाट आउदै गरेको बा ४३ प १२६३ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएको हो । घटनामा घाईते भएका तिनै जनाको बरहथवाको संजीवनी अस्पतालमा उपचार भईरहेको छ ।

घटना लगतै स्कोरपियो चालक फरार रहेको र खोजि भईरहेको प्रहरीले जनाएको हो । प्रहरीका अनुसार घटनाको बिषयमा अप अनुसन्धान भईरहेको छ । थप विवरण आउन बाँकी छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles