बरहथवा-सर्लाहीको बरहथवामा बिद्युतिय धरापमा परेर एक पुरुषको ज्यान गएको छ ।
गएराती बरहथवा नगरपालिका–१४, बिनवाटोलामा जंगली जनावरलाई थापेको बिद्युतीय धरापमा परेर सोही स्थानका अन्दाजी ४५ बर्षका शिवजी साहको मृत्यु भएको हो । राती पिसाव फेर्न घरनजिकै छिमेकीको खेतमा पुगेका साहलाई नाङ्गो तारबाट करेन्ट लागको थियो ।
लगतै उपचारको लागि प्रादेशिक अस्पताल मलंगवा पुर्याए पछि साहलाई चिकित्सकले मृत घोषणा गरेका हुन् । छिमेकी नरेश साहले जंगली जनावरबाट तरकारी खेती जोगाउन लगाएको बिद्युतिय धरापमा साह परेका ईलाका प्रहरी कार्यलय बरहथवाले जनाएको छ ।
घटना लगतै नरेश साह फरार रहेका प्रहरीले जनाएको छ । प्रहरीले नरेशका १९ वर्षीय छोरा रामकेवल साहलाई नियन्त्रणमा राखेर घटनाको अनुसन्धान भईरहेको जनाएको छ । शव परिक्षण पश्चात आफन्तको जिम्मा लगाईएको प्रहरीले जनाएको हो ।