Tuesday, June 25, 2024

कर शिक्षा तथा अन्तरकृया कार्यक्रम सम्पन्न

ताजा / भरखरै प्राप्त

हरिवन\सर्लाहीको हरिवनमा कर सेवा कार्यलय लालबन्दीको आयोजनामा कर शिक्षा तथा अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ ।

आईतवार उद्योग बाणिज्य सघ हरिवनको सहजीकरणमा नेवा सेवा समाज हरिवनको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा हरिवन उद्योग बाणिज्य सघमा अवद्ध उद्योगी ब्यापारीहरुको सहभागिता रहेको थियो ।

कर शिक्षा तथा अन्तरकृया कार्यक्रममा कर दाता सेवा कार्यलय लालबन्दीका प्रमुख नविन सुवेदीले सहभागिहरुलाई सहजिकरण गरेका थिए । अन्तरकृया कार्यक्रममा सहभागि उद्योगी ब्यापारीहरुले करको बिषय तथा ब्यवसाय ब्यवस्थापनको बिषयमा जिज्ञासा राखेका थिए ।

करदाता सेवा कार्यलय लालबन्दीका प्रमुख सुवेदीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कार्यलयका नायक सुब्बा सुरेन्द्र मण्डल, प्राविधिक रोशन कार्की, दहाल अडिट र्फमका प्रोप्राईटर कमलराज दहाल, गोविन्द दहाल लगाएतको आतिथ्यता रहेको आयोजक उद्योग बाणिज्य सघ हरिवनले जनाएको छ ।

कार्यक्रम उद्योग बाणिज्य सघ हरिवनका अध्यक्ष प्रयागराज पोतेको अध्यक्षतामा सम्पन्न भएको सचालक एव उद्योग बाणिज्य सघ हरिवनका सदस्य यूवराज भण्डारीले जानकारी दिए । यस क्षेत्रका उद्योगी तथा ब्यापारीहरुलाई कर सम्बन्धी शिक्षा तथा अन्तरकृयाका लागि उद्योग बाणिज्य सघ हरिवनले बर्षेनी यस्ता कार्यक्रम सचालन गर्दै आईरहेको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles