Wednesday, May 21, 2025

सहकारी केन्द्रको जिल्ला अध्यक्षमा निरौला चयन

ताजा / भरखरै प्राप्त

कौडेना– नेकपा (माओवादी केन्द्र) निकट सहकारी संजाल, सहकारी केन्द्र नेपालको अध्यक्षमा भुवन निरौला चयन भएका छन् ।

शुक्रवार जिल्लाको दक्षिणी क्षेत्र कौडेना गाउँपालिका–३, मा भएको केन्द्रको प्रथम भेलाले निरौलाको अध्यक्षतामा १५ सदस्य जिल्ला कमिटि गठन गरेको हो । नेकपा माओवादी केन्द्रका सहकारी तथा गरिवी निवार विभाग प्रमुख लिलामणी पोखरेलको प्रमुख आतिथ्यतामा भेला सम्मपन्न भएको आयोजकले जनाएको थियो ।

भेलाले उपाध्यक्षमा कन्हाईलाल साह, सचिवमा उत्तम कुमार आचार्य, सह–सचिवमा सर्मिला लुंगेली, कोषाध्यक्षमा ललिता कुमारी महतो र अन्यलाई सदस्यमा चयन गरेको छ । सहकारी केन्द्र प्रदेश अध्यक्ष मिश्रीलाल सहनीको अध्यक्षतामा सम्पन्न भेलामा प्रदेश उपाध्यक्ष हिरा थापा, प्रदेश उपाध्यक्ष महादेव साहसमेत आतिथ्यता रहेको संगठनले जनाएको हो ।

यस्तै कार्यक्रममा राष्ट्रिय सहकारी बोर्ड सदस्य विनिता दहाल, माओवादी नेता राजकुमार यादव, सहकारी केन्द्रका प्रदेश सदस्य कृष्ण श्रेष्ठ, कौशिल्या निरौला, रामपुकार सहनी, कृष्ण यादव, लगाएत विभिन्न सहकारी संस्थाका प्रतिनिधिहरुको समेत सहभागिता रहेको थियो । नेकपा(माओवादी केन्द्र)ले देशै भरी सुरु गर्नलागेको पार्टी रुपान्तरण अभियान अन्तरगत पार्टीका जवस समितिहरुको गठन तथा पुनर्गठन समेत तिब्र बनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles