Saturday, May 18, 2024

सर्लाहीको हरिवनमा फुुटवल प्रतियोगिता सुरु

ताजा / भरखरै प्राप्त

हरिवन–सर्लाहीको हरिवनमा फुुटवल प्रतियोगिता सुुरु भएको छ ।

बुधवारबाट हरिवन नगरपालिका–९, दनुवारी स्थित खेलमैदानमा फुटवल प्रतियोगिता सुरुभएको हो । लागुुऔषध बिरुद्धको गोल, खेलाडि उत्पादनमा जोड भन्ने नारा सहित सुरुभएको प्रतियोगितामा सर्लाही सहित रौतहट र महोत्तरीका टिम समेत सहभागि भएका टन् ।

प्रतियोगिताको मधेश प्रदेश सभा सदस्य जवाहरलाल कुशवाहले उद्घाटन गरेका आयोजक क्लवका अध्यक्ष बलराम महते जानकारी दिए । कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सांसद कुशवाहले बालबालिका मात्र नभई लागऔधषको कुलतमा यूवा तथा बयस्क समेत फस्दै गएका बताए । उन्ले यसको नियन्त्रण आजको आवश्यक्ता रहेको बताए ।

यसैविच प्रतियोगिताको उद्घाटन खेलमा बागमतीको डावरी क्लवलाई ३–१ गोल अन्तरले पराजित गर्दै गोरखा हरिवनले विजयी सुरुवात गरेको छ । २६ वटा टिम सहभागि प्रतियोगिताको फाईनल असोज २४ गते हुने आयोजकले जनाएको छ । प्रतियोगिताका विजेता र उपविजेता टिमले नगद ४० र २० हजार सहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

उद्घाटन समारोहमा हरिवन नगर प्रमुख रमेश बुढाथोकी (कमल) , उपमेयर हरिमाया घलान, ईलाका प्रहरी कार्यलय हरिवनका इन्सपेक्टर अनिल राज गिरी, सशस्त्र प्रहरी बेस क्याम्प हरिवनका डिएसपी ओमराज, हरिवन ९ का वडा सदस्य बिरिया दनुवार, समाजसेवि भगवान मैनाली, हरिवन युवा क्लबका अध्यक्ष सुमन सिन्दाली, समाजसेवी गौरी महतो, शेख इस्तिहार लगायत खेलप्रेमीहरुको उपस्थिति रहेको कार्यक्रम संचालक बिनोद रेग्मीले जानकारी दिए।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles