Thursday, June 13, 2024

लालबन्दीमा सुविधा सम्पन्न सिनेमाहल संचालनमा

ताजा / भरखरै प्राप्त

लालबन्दी–सर्लाहीको लालबन्दीमा सुविधा सम्पन्न चलचित्र घर (सिनेमा हल) संचालनमा ल्याईएको छ ।

बिहिवार लालबन्दी नगरपालिका–७, पुर्वपश्चिम लोकमार्ग सगैँ ‘‘इभेन्ट सिनेमाज’’ नामक आधुनीक प्रविधिमैत्री चलचित्र घरको उद्घाटन गरिएको हो । चलचित्र घरको मधेश प्रदेश सभा सदस्य बेची लुंगेली र पुर्व राज्यमन्त्री तथा कांग्रेस नेता शम्भुलाल श्रेष्ठले सम्युक्त रुपमा रिवन काटेर उद्घाटन गरे ।

१९० सिट क्षमताको चलचित्र घर लालबन्दीका व्यवसायी प्रेम गोलेले संचालनमा ल्याएका हुन् । यसमा २२ सिट क्षमताको पारिवारीक क्याविन समेत रहेको उन्ले बताए । परिवारका सदस्यहरुले पारिवारिक वातावरणमा चलचित्र हेर्न सक्ने संचालक गोलेको भनाई छ । जिल्लाको उत्तरी क्षेत्रको ठुलो बजार लालबन्दीमा तिन दशक देखी विणा चलचित्र घर पनि संचालनमा छ ।

यस चलचित्र घरलाई विभिन्न कार्यक्रम आयोजनाको लागि सभाहलको रुपमा समेत प्रयोग गर्न मिल्ने गरी तयार गरिएको संचालक गोलेले जानकारी दिए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles