Tuesday, May 13, 2025

माओवादी केन्द्रको तिज बिशेष कार्यक्रम मिलनचोकमा सम्पन्न

ताजा / भरखरै प्राप्त

बागमती– हरितालिका तिजको अवसर पारेर नेकपा (माओवादी केन्द्र)ले बागमतीको मिलनचोकमा तिज विशेष कार्यक्रम सम्पन्न गरेको छ ।

बुधवार बागमती नगरपालिका–१, मिलनचोकमा पार्टीको वडा कमिटिले शुभकामना आदनप्रदान तथा दरखाने कार्यक्रम सम्पन्न गरेको जनाएको हो । बागमती नगरपालिकाकी उपमेयर लिला कुमारी मोक्तानको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा उक्त वडा भरिका पार्टीमा आवद्ध महिला दिदी बहिनीहरुको सहभागिता रहेको थियो । माओवादी केन्द्र निकट महिला संगठनकी बागमती नगरपालिका–१, वडा अध्यक्ष चन्द्रवती श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमका अधिकांस बक्ताहरुले संस्कार र संस्कृतीलाई समाजको समृद्धि सगँ जोड्नु पर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा बागमती नगरपालिका–१, का वडाध्यक्ष गम्भिर सिंङ पाख्रिन, पार्टीका बागमती नगर कमिटि सदस्य गोकर्ण रुपाखेती, सुमित्रा लुंगेली, उत्तम खड्का, उमेश बानिया, सरोज भुजेल, दिपक भुजेल, नैन बहादुर लामिछाने लगाएतको आतिथ्यता रहेको थियो ।

झण्डै ६ सयको हाराहारीमा उपस्थित महिला सदस्यहरुलाई मिष्ठान्न भोजन गराउनुका साथै सास्कृत कार्यक्रम समेत सम्पन्न गरिएको कार्यक्रम संचालिका गिता थापाले जानकारी दिईन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles