मलंगवा– नेपाली काग्रेस सम्बद्ध विध्यार्थी संगठन नेपाल बिध्यार्थी संघले सर्लाही सदरमुकाम मलंगवामा बिरोध प्रदर्शन गरेको छ ।
कांग्रेस सह–महामन्त्री महेन्द्र यादव माथि बुधवार काठमाण्डौमा अक्रमण भएको बिषयमा मलंगवामा बिध्यार्थी संघले बिरोध जनाएको हो । बिहिवार बिध्यार्थी संघले मलंगवाको बालमन्दिर चोकमा भेलाभएर टायरबालेर प्रदर्शन गरेको हुन् । प्रदर्शनका क्रममा उनीहरुले ”घटनाका दोषीलाई कारवाही गर”, ”गृह मन्त्री रजिनामा दे” जस्ता नारा समेत लगाएको बताए ।
यसैविच नेपाली कांग्रेस सर्लाहीले पनि बुधवार साझ बिज्ञप्ती निकालेर घटनाको भत्र्सना गरेको थियो । कांग्रेस सर्लाहीले बिज्ञप्ती मार्फत दोषी जो कोही भएपनि निष्पक्ष छानविन गरी कार्वाही गर्न मागँ समेत गरेको छ । संघिय राजधानीमै यसरी ज्यान मार्ने गरी भएको घटनाले सबैलाई सशंकित तुल्याएको कांग्रेस नेताहरुको प्रतिकृया छ ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका सह–महामन्त्री तथा नेपाल तरुण दल केन्द्रीय कार्यसमितिका पूर्व अध्यक्ष समेत रहेका नेता महेन्द्र यादव बुधवार काठमाण्डौको भृकुटी मण्डप स्थित रिपोर्टष क्लवबाट बाहिरिदै गर्दा पछाडिबाट खुकुरी प्रहार भएको थियो । घटनामा संलग्न नुवाकोटाको विदुर नगरपालिका–७ बस्ने ४७ वर्षीय श्याम सापकोटालाई आक्रमणमा प्रयोग भएको खुकुरीसहित प्रहरीले नियन्त्रणमा लिएको छ ।
पक्राउ परेका सापकोटाले आफुलाई राजावादी अभियन्ता दावी गर्दै आएका छन् । धारिलो हतियारबाट यादवको टाउकाको पछाडिको भागमामा गहिरो चोट लागेको छ । उहाँको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।