हरिवन–सर्लाहीको हरिवनमा रहेको मनोकामना बहुउद्देश्य सहकारी संस्थाले तिज विषेश कार्यक्रम सम्पन्न गरेको छ ।
शुक्रवार हरिवन नगरपालिका–९, सुखेपोखरी स्थित चत्तुरभुजेश्वर महादेव मन्दिर प्रांगणमा एक कार्यक्रमका विच संस्थाले तिज विषेश कार्यक्रम सम्पन्न गरेको हो । हिन्दु नारीहरुको महान पर्व हरितालिका तिजको पुर्वसन्ध्यामा संस्थाका महिला शेयर सदस्यहरुलाई उपस्थिती गराई तिज विषेश कार्यक्रम आयोजना गरिएको संस्थाका प्रवन्धक सन्तोष पाण्डेले जानकारी दिए ।
हरिवन नगरपालिकाका मेयर रमेश बुडाथोकी (कमल)को प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमका अधिकांस बक्ताहरुले चाडवाड मनाउदा मौलिकता भुल्न नहुने कुरामा जोड दिए । संस्थागत रुपमाहुने यस प्रकारका कार्यक्रमको माध्यमबाट समाज रुपान्तरणको अभियान संचालन गर्न सकिने उनीहरुले बताए । हरितालिका तिजको मोलिकता लोपहुदै गएकोमा सबैले चिन्ता समेत ब्यक्त गरे ।
संस्थाले महिला शेयर सदस्यका लागि नारी बचत खाता समेत संचालनमा ल्यायको जनाएको थियो । यस संस्थाले हरिवन नगरपालिका–१, मा आवासिय बिद्यालय समेत संचालन गरिएको छ । संस्थाले शेयर सदस्यहरुको आर्थिक उपार्जनको क्षेत्रमा समेत विभिन्न गतिविधि संचालन गरिएको जनाएको हो । यस संस्थाले यस बर्ष शेयर सदस्यहरुलाई १५ प्रतिशतको दरले शेयर लाभांश वितरण गर्ने समेत जनाएको छ ।
संस्थाका अध्यक्ष शम्भुलाल श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा हरिवन नगरपालिकाकी उपमेयर हरिमाया घलान, अन्तरपार्टी संजालकी जिल्ला अध्यक्ष बुक कुमारी थापा, नेकपा (माओवादी केन्द्र) की नेतृ सावित्रा कार्की, समृद्धि बचत तथा ऋण सहकारीका उपाध्यक्ष डाकुरनाथ खत्तिवडा, राष्ट्रिय सहकारी बैँक हरिवन शाखा प्रमुख नारायण लामिछाने, बिनेश कार्की लगाएतको आतिथ्यता रहेको थियो ।