Tuesday, January 21, 2025

बागमतीमा मोटरसाईकल दुर्घटना, एक मृत्यु तिन जना घाईते

ताजा / भरखरै प्राप्त

बागमती-सर्लाहीको बागमतीमा मोटरसाईकल दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । भने, तिन जना घाईते भएका छन् ।

बिहिवार बागमती नगरपालिका–८, गाजलीचोकमा भएको दुर्घटनामा सोही स्थानका ५० बर्षका गणेश कार्कीको मृत्यु भएको हो । दुर्घटनामा परी गम्भिर घाईते भएका कार्कीको उपचारको क्रममा सरस्वती अस्पताल हरिवनमा मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।

बिहान बागमती नगरपालिका–८, स्थित गाजलीचोकमा कार्की सवार बा ३० प ९४०७ नम्बरको मोटरसाईकल र विपरित दिशाबाट आउदै गरेको ना ५९ प ५१७७ नम्बरको मोटरसाईकल आपसमा ठोक्किएको थियो । घटनामा ५१७७ नम्बरमा सवार तिन जना घाईते भएका छन् । उनीहरुको हरिवन स्थित नमुना अस्पतालमा उपचार भईरहेको छ ।

घाईते हुनेमा हरिवन नगरपालिका–१, निवासी ३२ बर्षका मुकेश कुमार साह, सोही मोटरसाईकलमा सवार उन्को श्रीमती २६ बर्षकी शान्ता कुमारी साह र ३ बर्षकी छोरी प्रिया कुमारी साह रहेको प्रहरीले जनाएको छ । घाईते मध्य ३ बर्षकी बालिका प्रियाको टाउकोमा चोट रहेको र अवस्था गम्भिर छ ।

सोल्टी तर्फ आउदै गरेका कार्कीले चलाएको मोटरसाईकल र रौतहटको समनपुर जादै गरेको साह सवार मोटरसाईकल दुर्घटनामा परेको बुभिएको छ । मृतक कार्कीको सव परिक्षणको लागि प्रादेशिक अस्पताल मलंगवा पुर्याईएको प्रहरीले जनाएको छ ।

घटनाको बिषयमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यलय बरहथवाका प्रहरी नायव उपरिक्षक लिलाराज लामिछानेले जानकारी दिए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles