Thursday, June 13, 2024

बागमतीमा निशुल्क आँखा शिविर सम्पन्न

ताजा / भरखरै प्राप्त

बागमती–सर्लाहीको बागमती नगरपालिकामा निशुल्क एक दिने आँखा शिविर सम्पन्न भएको छ ।

शुक्रवार बागमती नगरपालिका–१०, राजघाट स्थित जनता माध्यामिक बिद्यालय सोल्टीको प्रांगणमा शिविर सम्पन्न भएको हो । बागमती नगरपालिकाको आयोजनामा सम्पन्न शिविरमा २ सय २५ जनाले निशुल्क आँखा चेक जाँच गराएका थिए । त्यस मध्य ४१ जनामा मोतिया विन्दुको समस्या देखा परेको नगरपालिकाले जनाएको छ ।

निजगड स्थित तिलगंगा आँखा अस्पताल शाखा कार्यलयबाट खटिएका गजेन्द्र कुमार महतो र अनिषा दहाल नेतृत्वको प्राविधिक टोलीले विमारीहरुको आँखाको चेकजाच गरेका थिए । चेकजाँचबाट मोतिया विन्दुको समस्या देखिएका विमारीहरुको आईतवार अप्रेसन गरिने आयोजक प्रतिनिधि सन्त बहादुर बिश्वकर्माले जानकारी दिए ।

अप्रेसन गर्नुपर्ने विमारीको यातायात तथा खाने बस्ने ब्यवस्था तिलगंगा आँखा अस्पतालले ब्यवस्था गर्ने आयोजकले जनाएको हो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles