Monday, January 13, 2025

बागमतीमा नगर स्तरीय विज्ञान प्रदर्शनी तथा नृत्य प्रतियोगिता सम्पन्न

ताजा / भरखरै प्राप्त

बागमती– ५९ औँ राष्ट्रिय बाल दिवस सर्लाहीमा पनि विभिन्न कार्यक्रम गरी मनाईएको छ । जिल्लाका विभिन्न पालिका तथा बिद्यालयहरुले र्याली, प्रदर्शनी तथा विभिन्न कार्यक्रम गरेर दिवस मनाएका हुन् । दिवसको अवसरमा बागमती नगरपालिकाले नगर स्तरीय विज्ञान प्रदर्शनी तथा नृत्य प्रतियोगिता सम्पन्न गरेको छ ।

शुक्रवार बागमती नगरपालिका–११, स्थित श्री ५ महेन्द्र जनता माध्यामिक बिध्यालय प्रांगणमा प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगिता अन्तरगत नगरका पाँच वटा माध्यामिक बिद्यालयले विज्ञान प्रदर्शनीमा भाग लिएका थिए । भने, नृत्य तर्फ सामुदायिक तर्फका ५ माध्यामिक र २ आधारभुत बिध्यालय गरी ७ वटा र संस्थागत तर्फ दुई माध्यामिक बिद्यालयले सहभागिता जनाएका नगरपालिका शिक्षा शाखाले जनाएको हो ।

नृत्य प्रतियोगिता तर्फ जनता माध्यमिक बिद्यालय मिलनचोक प्रथम, जनता माध्यमिक बिद्यालय सोल्टी दोस्रो, नमुना ज्ञानोदय आवासिय माध्यामिक बिद्यालय तेस्रो र श्री ५ महेन्द्र जनता माध्यामिक बिद्यालय कर्मैया चौथो हुन सफल भएको छ । यस्तै प्रदर्शनी तर्फ तिन वटा विधामा प्रतिस्पर्धा भएको थियो । प्रदर्शनी तर्फ सामुदायिक तर्फबाट ५ वटा माध्यामिक बिध्यालयका छात्रछात्राले सहभागिता जनाएका थिए ।

सहभागि मध्य उत्कृष्ठ कृषि प्रविधि तर्फ जनता माध्यामिक बिध्यालय प्रथम, जनवाल कल्याण माध्यामिक बिद्यालय द्धितिय र महेन्द्र जनता माध्यामिक बिद्यालय कर्मैया तृतिय बनेको छ । भने, नमुना ग्रामिण विकास तर्फ जनता माध्यामिक बिद्यालय सोल्टी प्रथम, श्री ५ महेन्द्र जनता माध्यामिक बिद्यालय कर्मैया द्धितिय र नव जनजागरण माध्यामिक बिद्यालय शंकरपुर तृतिय बनेको छ ।

यस्तै रकेट प्रविधि तर्फ जनता माध्यामिक बिद्यालय सोल्टी प्रथम, श्री ५ महेन्द्र जनता माध्यामिक बिद्यालय कर्मैया द्धितिय र जनवाल कल्याण माध्यामिक बिद्यालय धरहरा तृतिय हुन सफल भएको नगर शिक्षा शाखाले जनाएको हो । नृत्य तथा प्रदर्शनी तर्फ विभिन्न विधामा प्रथम, द्धितिय र तृतिय हुन सफल विध्यालयलाई कार्यक्रमकी प्रमुख अतिथि बागमती नगरपालिकाकी उपमेयर लिला कुमारी मोक्तानले पुरस्कार वितरण गरिन् ।

नगरका शिक्षा शाखा संयोजक राज कुमार बिश्वकर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कलाकार तथा निर्णयक माण्डवी त्रिपाठी र सदिक्षा कट्टेलले समेत प्रस्तुती मार्फत मनोरन्जन प्रदान गरेका थिए । गायिका त्रिपाठीले झण्डै दर्जन गित समेत गायिन् । कार्यक्रममा गायिका त्रिपाठी, कलाकार कट्टेल, नृत्य निर्देशक छेडुप लामा निर्णयकमा रहको थिए ।

कार्यक्रममा नेपाल शिक्षक महासंघ बागमती अध्यक्ष लोकनाथ दहाल, बागमती नगरपालिका–१, का वडाध्यक्ष गम्भिर सिंह पाख्रिन, वडा नम्बर २ का वडाध्यक्ष बाबु बल, वडा नम्बर ११, का वडाध्यक्ष प्रदिप आचार्य, नगरका शिक्षा अभियन्ता अभिषेक घिमिरे, विभिन्न बिध्यालयका शिक्षक प्रतिनिधि, बिध्यालय ब्यवस्थापन समितिका पदाधिकारी लगाएतको आतिथ्यता रहको थिया ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles