Tuesday, July 16, 2024

नेपाल उद्योग ब्यापार महासंघको प्रदेश कमिटि गठन

ताजा / भरखरै प्राप्त

बर्दिवास–नेकपा (माओवादी केन्द्र) सम्बद्ध नेपाल उद्योग ब्यापार महासंघ प्रदेश अधिवेशन सम्पन्न भएको छ ।

बिहिवार मधेश प्रदेश भरिका माओवादी केन्द्र निकट उद्योगी ब्यवसायीहरुको भेलाले महासंघको प्रदेश कमिटि गठन गरेको हो । भेला मधेश प्रदेशका पुर्व मन्त्री भरत साहको प्रमुख आतिथ्यतामा सम्पन्न भएको महांसघले जनाएको छ । भेलाले ब्यवसायी रामबाबु चौधरीको अध्यक्षतामा ४१ सदस्य प्रदेश कमिटि गठन गरेको हो ।

बर्दिवासमा भएको भेलाले महासंघको उद्योग उपाध्यक्षमा अरुण कुमार सिंह, वाणिज्य उपाध्यक्षमा रामदेव साह, महासचिवमा रुपेश कुमार पोख्रेल, सचिवमा रोशन कुमार यादव, कोषाध्यक्षमा चेत बहादुर खड्का(गौतम) र अन्यलाई सदस्यमा चयन गरेको हो । भेला निवर्तमान अध्यक्ष चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

भेलाले कोषाध्यक्षमा चयन गरेको खड्का सर्लाहीको बागमती स्थित भरत तालमा संचालित बोट ब्यवसायी संघका अध्यक्ष समेत हुन् । उनी अध्यक्ष रहेको बागमती इन्टरटेनमेन्ट प्रा.लि.ले सर्लाही र रौतहटको सिमा भएर बग्ने बागमती खोला र अन्तराष्ट्रिय स्तरमा चर्चामा रहेको बागमतीको भरत तालमा मोटरबोट संचालन गरिरहेको छ ।

उक्त कम्पनीले भरत तालमा एउटा मिनिक्रुज समेत संचालनमा ल्याएको छ । भने, सोही कम्पनीले भरत ताल परिसरमा साहसिक खेलको रुपमा रहेको स्काईसाईकिलिङ समेत संचालन गरेको छ । यस कम्पनीले बिषेश गरी पर्यटन र एडभेन्चरको क्षेत्रमा आफुलाई स्थापित गराउदै गएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles