Thursday, June 13, 2024

नेकपा (एस)को जिल्ला इन्चार्जमा पौडेल मनोनित

ताजा / भरखरै प्राप्त

सर्लाही-नेकपा (एकिकृत समाजवादी) पार्टीको सर्लाही जिल्ला इन्चार्जमा पार्टीका नेता बागमती निवासी लक्ष्मण पौडेल मनोनित भएका छन् ।

बिहिवार पार्टीले जारी गरेको सर्कुलर अनुसार पार्टीको जिल्ला इन्चार्जको जिम्मेवारी नेता पौडेललाई तोकेको हो । भने, सर्लाही निर्वाचन क्षेत्र नम्बर ३ को इचार्जको जिम्मा समेत नेता पौडेललेनै पाएका छन् । पार्टीको भदौ ५ गते देखी ७ गते सम्म बसेको केन्द्रिय कमिटि बैठकले जिल्लाका अन्य क्षेत्रको क्षेत्रिय इन्चार्ज समेत तोकेको छ ।

यस्तै पार्टीले केन्द्रिय कमिटि सदस्य बेची लुंगेलीलाई सर्लाही क्षेत्र नम्बर १, पोलिट ब्युरो सदस्य रविन्द्र बैठालाई क्षेत्र नम्बर २ र सर्लाही क्षेत्र नम्बर ४ को इन्चार्जको जिम्मा पार्टीका जिल्ला अध्यक्ष सुरेन्द्र लामालाई दिईएको छ । सोही बैठकले तिनै जनालाई जिल्ला सह–इन्चार्जको जिम्मा समेत दिईएको उल्लेख गरिएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles