Monday, September 9, 2024

जिल्लाको दुई सयवडामा ‘जनतासगँ माओवादी’ अभियान उद्घाटन

ताजा / भरखरै प्राप्त

सर्लाही–नेकपा (माओवादी केन्द्र)ले देशैभर सुरुगरेको ‘जनतासगँ माओवादी केन्द्र रुपान्तरण’ अभियान सर्लाहीमा दुई सय वडामा उद्घाटन भएको छ ।

शनिवार जिल्लाका २० वटै पालिका अन्तरगत दुई सयवटै वडामा अभियानको उद्घाटन गरिएको हो । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्प कमल दहाल प्रचण्डले भर्चुअल माध्यमबाट अभियानको उद्घाटनको घोषण गरेका थिए । अभियान उद्घाटको लागि माओवादी केन्द्रको वडा कमिटिले केही दिन पहिला देखीनै छलफल तथा बैठक बसेर सम्पुर्ण तयारी गरेका थिए ।

कार्यक्रमको उद्घाटन समारोहलाई सम्बोधन गर्दे माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अभियानको औचित्य तथा प्रकृयाबारे प्रष्ट पारे । जनतासगँ माओवादी केन्द्र रुपान्तरण अभियान उद्घाटन कार्यक्रमका लागि दिउसो जिल्लाका दुई सय वटै वडा पार्टी कार्यलयमा माओवादी केन्द्रका नेता कार्यकर्ताहरु सहभागि भएका थिए । अभियान अन्तरगत पार्टीले २५ लाख मतदाता सगँ प्रत्यक्ष भेटेर सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायको क्षेत्रमा गरेका कामको बारेमा जानकारी गराउने लक्ष्य राखेको छ ।

तिन महिने अभियानको लागि पार्टीले सर्लाहीमा २० पालिकालाई ७ कमाण्ड क्षेत्रमा विभाजन गरी केन्द्रिय सदस्यहरु परिचालन गरेको छ । माओवादीका अनुसार अभियान तीन चरणमा सञ्चालन हुनेछ । पहिलो चरणमा बैठक, भेला, प्रशिक्षण, सदस्यता नवीकरण र विस्तार, अभिलेख व्यवस्थापन, उत्पादन र प्रचारसँग सम्बन्धित संयन्त्र तथा योजना निर्माण, विभिन्न तहका पार्टीका कार्यालय व्यवस्थापन, पार्टीभित्रका अन्तरविरोधको पहिचान र समाधानको पहल, कार्यकर्ता व्यवस्थापनका लागि कोष स्थापना गरिनेछ ।

दोस्रो चरणमा पाँच घण्टे अन्तरपार्टी स्कुल, विषयगत अन्तरक्रिया, विषयगत तालिम, गोष्ठी, जनप्रशिक्षण, जन भेला, टोलटोलमा युवा भेला, स्थानीयस्तरका सरकारी तथा सामाजिक सङ्घसंस्थासँग अन्तरक्रिया गरिने जनाइएको छ ।

तेस्रो चरणमा जनप्रदर्शन, जनसङ्घर्ष, जनसेवासहित जनपरिचालनका कार्यक्रम सञ्चालन गरिनेछ । यस्तै, सुशासन, समृद्धि र सामाजिक न्यायको अभियानमा जनसमर्थन तथा ऐक्यबद्धता एवं टोलसभा गरिने माओवादीले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles