Wednesday, February 21, 2024

चक्रघट्टामा जनशक्ति क्लबले बाल दिवस मनाइयो

ताजा / भरखरै प्राप्त

चक्रघट्टा–सर्लाहीको चक्रघट्टामा जनशक्ती युवा क्लबले भब्य कार्यक्रमका विच बाल दिवस मनाइएको छ ।

शुक्रवार जनशक्ति युवा क्लबको आयोजनामा ५९ औँ राष्ट्रिय बाल दिवस “बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी” भन्ने मूल नाराका साथ भव्य रूपमा मनाईएको हो । चक्रघट्टा गाउँपालिकामा रहेको श्री जनता माध्यामिक बिद्यालय प्रांगणमा एक कार्यक्रमका विच दिवस मनाईएको थियो ।

दिवसको अवसरमा श्री जनता माध्यामिक विद्यालयको ४०० जना छात्रछात्राहरुलाई शैक्षिक सामग्री वितरण तथा लागू औषध सम्बन्धी जनचेतना मुलक कार्यक्रम सम्पन्न गरिएको क्लबका अध्यक्ष धिरेन्द्र ठाकुरले जानकारी दिए । यस्ता कार्यक्रमहरु आगामी दिनमा समेत सञ्चालन गर्ने ठाकुरले प्रतिबद्दता ब्यक्तगरे ।

यो कार्यक्रम गाउँपालिकाका पूर्व अध्यक्ष विक्रम राय यादवको विशेष सहयोगमा सम्पन्न गरिएको आयोजक क्लवले जनाएको हो । कार्यक्रममा ईलाका प्रहरी कार्यालय चक्रघट्टाका असई जय नारायण यादव, संस्थाका सम्पूर्ण पदाधिकारीहरु तथा स्थानीयको समेत उत्साहजन सहभागिता रहेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles