Wednesday, February 21, 2024

हाम्रो कृषि सहकारीको बार्षिक साधारण सभा सम्पन्न

ताजा / भरखरै प्राप्त

हरिवन–सर्लाहीको हरिवनमा रहेको हाम्रो कृषि सहकारीले आफ्ने बार्षिक साधारण सभा, बार्षिक उत्सव तथा स्थापना दिवस सम्पन्न गरेको छ ।

मंगलवार हरिवन नगरपालिका–४, पटौनामा रहेको यस सहकारीले १० औँ बार्षिक साधारण सभा, बार्षिक उत्सव तथा स्थापना दिवस भब्य कार्यक्रमका विच सम्पन्न गरेको हो । सर्लाही क्षेत्र नम्बर ३(क)बाट निर्वाचित मधेश प्रदेश सांसद जवाहरलाल कुशवाहको प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको संस्थाले जनाएको हो ।

संस्थाका अध्यक्ष तिलक बहादुर खड्काको अध्यक्षतामा सम्पन्न सभामा संस्थाका सचिव ईन्द्र प्रसाद तिमल्सेनाले संस्थाको आयब्याय लगाएत प्रतिवेदन पेस गरे । प्रस्तुत प्रतिवेदनका अनुसार संस्थाले आर्थिक बर्ष २०७९/८० मा कुल ५ करोड ३६ लाख ३३ हजार ३४ रुपैया बराबरको कारोवार गरेको छ । सभा संस्थाको प्रांगणमा आयोजना गरिएको संस्थाले जनाएको हो ।

कारोबारबाट संस्थाले १ करोड ७ लाख ६९ हजार ४ सय २ रुपैया आम्दनी गरेको छ । हाल संस्थाको कुल पुँजी ८८ लाख ६५ हजार ८ सय पुगेको संस्थाका अध्यक्ष खड्काले जानकारी दिए । ७ सय ९४ जना शेयर सदस्य कायम रहेको यस सहकारीले स्थापना दिवस तथा साधारण सभाको अवसरमा असल ऋणी, बचत कर्ता लगाएत शिर्षकमा सम्मान समेत गरेको जनाएको छ ।

कार्यक्रमा हरिवन नगरपालिकाका मेयर रमेश बुढाथोकी(कमल), उपमेयर हरिमाया घलान, वडा नम्बर १ का वडाध्यक्ष केशव राज थापा, वडानम्बर १ का वडाध्यक्ष टम बहादुर घिसिङ, विभिन्न संघ संस्था तथा कार्यलयका प्रमुख र प्रतिनिधिहरुको समेत आतिथ्यता रहेको थियो । यस सहकारीले हरिवन नगरपालिका भरीका नागरिकहरुलाई बित्तिय सेवा प्रदान गर्दै आएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles