सर्लाही–साउनको अन्तिम सोमबार आज जिल्लाका विभिन्न शिवालयहरुमा भक्तजनहरुको भिड लागेको छ ।
शिवको बिषेश आरधना गरेर मनाईने साउन महिनाको अन्तिम सोमबार बिहानै देखी शिवालयहरुमा भक्तजनहरु दर्शनका लागि पुगेका हुन् । हिन्दुधर्म अवलम्बीहरुले साउन महिना भरी चोखोनितो गरेर प्रतेक सोमबार निराहार उपासना सहित शिवालयहरुमा जल चडाउने गर्दछन् । साउन महिनालाई महादेवको उपासना गर्ने उत्कृष्ठ महिनाको रुपमा समेत विभिन्न धर्म ग्रन्थहरुमा समेत उल्लेख गरेको पाहिन्छ ।
यसो गर्नाले अविवाहित महिला वा पुरुषले सुयोग्य बर वा बधु पाउने तथा घरमा सुख शान्ति र अमनचयन कायम हुने । परिवारमा दुख, रोगब्याधी नपर्ने जनविस्वास समेत रहदै आएको छ । अन्तिम सोमबार पारेर जिल्लाको बरहथवा स्थित मुक्तेश्वर मन्दिर, हरिवनको कैलाशपुरी महादेव, सुखेपोखरीको चत्तुरभुजेश्वर मन्दिर, हरिपुरको चिताईन लालबन्दीको पत्थरकोट र सागरनाथ मन्दिर लगाएत गाउँगाउँमा रहेका शिवालयहरुमा भक्तजनको घुईचो लागेको हो ।
हरिपुरको चिताईन मन्दिरमा भान्टाको भार तथा धानको मड्का चडाए छाला सम्बन्धी चर्मरोगहरुबाट मुक्त भईने जनविश्वास अहिले पनि छ । साउन महिना भरी सर्लाही र रौतहटको सिमा भएर बग्ने बागमती खोला तथा नुनथर क्षेत्रबाट जल लिएर जिल्लाका विभिन्न शिवालय तथा भारत सम्म पुग्ने भक्तजनहरुको समेत पुर्व पश्चिम राजमार्गमा बाक्लो उपस्थिती देखिएको थियो ।