Monday, October 7, 2024

बागमतीमा ५ दिने पशुपाल तालिम सम्पन्न

ताजा / भरखरै प्राप्त

बागमती–सर्लाहीको बागमती नगरपालिका स्थित शंकरपुरमा पशुपालक सम्वन्धी तालिम सम्पन्न भएको छ ।

बागमती नगरपालिका–१०, शंकरपुरमा रहेको सामुदायिक ग्रामिण विद्युत सहकारी संस्थाको आयोजनामा तालिम सम्पन्न भएको हो । तालिममा बिद्युत सहकारीमा आवद्ध २५ जना पशुपालक किसानहरु सहभागि भएका थिए । एसियन डेब्लप्मेण्ट बैँकको सहयोगमा संचालित तालिम ५ दिन सम्म चलेको थियो ।

सहभागिहरुलाई पशुपालनका तथा ब्यवसाय विस्तार लगाएतका बिषयमा प्रशिक्षण प्रदान गरिएको एसियन डेब्लप्मेण्ट बैँक अन्तरगत सर्लाहीका ब्यवसाय विकास अधिकृत श्याम महतोले जानकारी दिए । सम्पन्न तालिममा सहभागि पशुपालक किसानहरुलाई डा. निरोज कुमार माझी र बागमती नगर पशु शाखा प्रमुख संजिव साहले प्रशिक्षण प्रदान गरेका थिए ।

सहभागिले तालिममा पशु स्वास्थ्य, पशुपालन ब्यवसाय बिस्तारका विभिन्न सिप र ज्ञान प्राप्त गर्ने अबसर पाएको भन्दै धन्यवाद समेत ज्ञापन गरे । तालिममा सहभागि किसानहरुलाई औपचारिक समापन कार्यक्रमका विच प्रमाणपत्र समेत प्रदान गरिएको एडिवीका सर्लाही, रौतहट, बारा र पर्साका ब्यवसाय विकास तथा जिवन उपयागी संयोजक लिख राम चौधरीले जानकारी दिए ।

कार्यक्रम स्थानीय आयोजक सामुदायिक ग्रामिण विद्युत सहकारी संस्थाको सभाहलमा सम्पन्न गरिएको संस्थाका रामजी महतले जानकारी दिए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles