बागमती–सामान्यतया विदाको समय भन्ने वित्तिकै फुर्सदको समय भन्ने बुझिन्छ । फुर्सदको समय अर्थात यसै खेरजाने समय । सर्लाहीको बागमती नगरपालिकाका सामुदायिक बिद्यालयमा अध्यन्रत छात्रछात्राहरुले यस पटक बर्षे विदा अर्थात फुर्सदको समय विभिन्न रचनात्मक कृयाकलापमा सहभागिहुदै विताएका छन् ।
![](https://www.pahilokhoj.com/wp-content/uploads/2023/08/365775513_3608745626034077_8733282225886166816_n-1024x576.jpg)
नगर शिक्षा शाखाको आयोजनामा आयोजित बर्षे शिविर ‘समर क्याम्प’ मा सहभागि हुदै बागमती नगरपालिकाका छात्रछात्राहरुले विदाको समयको सदुपयोग गरेका हुन् । यस नगरपालिकाले शैक्षिक सुधारका लागि सुरुगरेको अभियान अन्तरगत यस बर्षे विदामा नगरका छात्रछात्राहरुलाई विभिन्न अतिरिक्त कृयाकलापहरुमा सहभागि गराईएको हो ।
नगरमा रहेका २५ सामुदायिक बिद्यालयबाट प्रतेक बिद्यालय ५ जनाका दरले छात्रछात्रा सहभागि गराएर समर क्याम्प आयोजना गरिएको शिक्षा शाखा प्रमुख मिन प्रसाद उपाध्यायले जानकारी दिए । समर क्याम्प अन्तरगत नगरका ४ वटा माध्यामिक बिद्यालयमा विभिन्न विषय विज्ञ प्रशिक्षकहरुको उपस्थितिमा तालिमहरु संचालन गरिएको थियो ।
![](https://www.pahilokhoj.com/wp-content/uploads/2023/08/366274367_1281068099194200_467073782984271457_n-1024x576.jpg)
यस किसिमका शिविरले बालबालिकाहरुको सर्वाङगिण विकासमा टेवा पुगेको श्री जनवाल कल्याण माध्यामिक विद्यालय धरहराका प्रधानाध्यापक प्रकाश बहादुर जिम्बाले बताए । ‘यस पहिला यस्तो अभ्यास निजिबिद्यालयहरुमा मात्र देख्न पाहिन्थ्यो ।’ प्रधानाध्यापक जिम्बाले भने, ‘पहिलो पटक सामुदायिक बिद्यालयका बालबालिकाले समेत यस्तो सुविधा पाए, यसले उनीहरुमा उत्साह र अठोट बढेको पाएको छु ।’
![](https://www.pahilokhoj.com/wp-content/uploads/2023/08/364167135_1281617812472562_6831892653079127524_n-1024x576.jpg)
यस पहिला विदाको समयमा घुमेर हिड्ने, साथिहरुको लहैलहैमा कुलतमा लाग्ने छात्रछात्राहरुले यसपटक समयको भरपुर सदुपयोग गरेका जनता नमुना माध्यमिक बिद्यालयका प्रधानाध्यापक लोकनाथ दहालले बताए । यस पटक समर क्याम्पमा बालबालिकाहरु चित्रकला, सार्वजनिक भाषण कला, नृत्य, बिज्ञान परिक्षण, कम्प्यूटरबाट गरिने विभिन्न डिजाईन लगाएतका तालिममा सहभागि भएका थिए ।
![](https://www.pahilokhoj.com/wp-content/uploads/2023/08/366733799_1282340775733599_5716153657912773955_n-1024x576.jpg)
‘समर क्याम्प’ प्रशिक्षकको रुपमा नृत्य निर्देशक छेडुप लामा, मिडियाकर्मी डम्बर शाहु तथा चित्रकला प्रशिक्षक महेन्द्र थापा र डिल्ली निरौला रहनु भएको थियो । यस किसिमको कार्यक्रमले बालबालिकामा सिकाई उपलब्दी बृद्धि गर्न उनीहरुलाई आवश्यक ज्ञान लिन सहज हुने नगरका शिक्षा अभियन्ताका रुपमा कार्यरत अभिषेक घिमिरेले जानकारी दिए ।
![](https://www.pahilokhoj.com/wp-content/uploads/2023/08/365996513_1280568899244120_7177667085389037711_n-1024x576.jpg)
यस बर्षको बर्षे विदा फरक अनुभवका साथ नयाँ उर्जा दिएर गएको एक बिद्यार्थीले सुनाए । ‘यस्तो कार्यक्रमले हामीलाई थुप्रै नयाँ कुरा देख्न र सिक्न मौका मिलेको छ ।’ एक बिध्यार्थीले शनिवार बर्षे शिविर ‘समर क्याम्प’ समापन समारोहमा भने, ‘आगामी बर्षेहरुमा पनि यस्तै कार्यक्रम गरिदिनु होला ।’
![](https://www.pahilokhoj.com/wp-content/uploads/2023/08/365644301_1281872595780417_664730496562622485_n-1024x576.jpg)
७ दिन सम्म संचालन भएको बर्षे शिविर ‘समर क्याम्प’ शनिवार एक औपचारिक कार्यक्रमका विच समापन गरिएको थियो । बागमती नगरपालिकाका मेयर भरत कुमार थापाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विभिन्न शिक्षा सेवी तथा शिक्षा प्रेमी ब्यक्तित्वहरुको समेत सहभागिता रहेको थियो । कार्यक्रममा बर्षे शिविर ‘समर क्याम्प’ मा सहभागि छात्रछात्राहरुले सिकेका कुरा प्रस्तुत÷प्रदर्शनी गरेका थिए ।
यो छोटो समय आयोजना गरेको तालिमबाट बालकालिकाहरुमा आएको उर्जा तथा उनीहरुको क्षमता देखेर खुसी लागेको मेयर थापाले प्रतिकृया दिए । आगामि दिनमा नगर शिक्षा शाखाले यस्ता थप कार्यक्रम आयोजना गर्ने समेत उहाँको भनाई थियो ।
![](https://www.pahilokhoj.com/wp-content/uploads/2023/08/365965431_1282965875671089_2370893237888797693_n-1024x576.jpg)
![](https://www.pahilokhoj.com/wp-content/uploads/2023/08/366379924_1282966105671066_2988521324619473161_n-1024x576.jpg)
![](https://www.pahilokhoj.com/wp-content/uploads/2023/08/366072792_1282965725671104_1088679318404069206_n-1024x576.jpg)
![](https://www.pahilokhoj.com/wp-content/uploads/2023/08/366746118_1282965715671105_8441161973488651750_n-1024x576.jpg)