Friday, January 24, 2025

पर्सा र हरिपुर्वाका ७२ सय बालबालिकालाई छाता र तुम्लेट

ताजा / भरखरै प्राप्त

हरिवन–सर्लाहीको हरिपुर्वा र पर्साका ७२ सय बालबालिकालाई छाता र पानी बोक्ने तुम्लेट वितरण सुरु गरिएको छ ।

बाल स्पोनसर सिप परियोजना अन्तरगत हरिपुर्वा नगरपालिका र पर्सा गाउँपालिकाका ७ हजार २ सय बालबालिकालाई सामाग्री वितरण सुरु गरिएको हो । बर्षातको बेलामा बालबालिकालाई स्कुल जान छाता तथा स्वच्छ पानीको प्रवन्धको लागि तुम्लेट वितरण गरिएको परियोजना संचालक संस्था बागमती सेवा समाज हरिवनका अध्यक्ष भरत कुमार कार्कीले जानकारी दिए ।

छाता र तुम्लेट पाएपछि हर्षित मुद्रमा बालबालिका ,

वर्ड भिजनको सहयोगमा संचालित कार्यक्रम अन्तरगत वितरित सामाग्री दुई पालिकाका ७२ सय बालबालिका सम्म पुर्याईने संस्थाले जनाएको छ । परियोजना अन्तरगत यस संस्थाले बिद्यालय उमेरका बिद्यालय बाहिर रहेका बालबालिकाहरुलाई अध्यनमा जोड्न विभिन्न कार्यक्रम संचालन गरिरहेको छ । आर्थिक विपन्नताका कारण बिद्यालय जान नसकेका बालबालिकको लागि यस संस्थाले बिषेश रुपमा काम गरिरहेको जनाएको छ ।

उक्त सामाग्री वितरण कार्यक्रमकै विच संस्थाले बालबालिकहरुलाई ब्यापक बनेको आँखा पाक्ने रोगबाट बच्न स्वास्थ्यकर्मीको उपस्थितीमा अभिमुखी करण समेत प्रदान गरेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles