Monday, September 9, 2024

नेपाल शिक्षक महासंघद्वारा जिल्लाका २० वटैपालिकामा धर्ना

ताजा / भरखरै प्राप्त

सर्लाही– ‘बिद्यालय शिक्षा ऐन २०८०’ बिरुद्व नेपाल शिक्षक महासंघ सर्लाहीले २० वटै पालिकामा धर्ना दिएको छ ।

पालिका स्तरिय पुर्व निर्धातिर कार्यक्रम अन्तरगत २० वटै पालिकामा पहिलो दिन धर्ना सहित ज्ञापन पत्र दिईएको महासंघले जनाएको हो । ‘बिद्यालय शिक्षा ऐन २०८०’ को केही दफाहरु शिक्षक, कर्मचारीको हितमा नरहेको तथा सरकार सगँ महासंघले यस पहिला गरेको ३० बुँदे र ५१ बुँदे सहमती कार्यन्वयन नगरेको भन्दै महासंघ आन्दोलित भएको छ ।

महासंघले सरकार सगँ यस पहिला भएको ३० बुँदे र ५१ बुँदे सहमती समेत उल्लेख गरेर देश भरीका पालिकामा साउन २८ गते धर्ना सहित ज्ञापन पत्र पेस गर्ने कार्यक्रम यस पहिलानै तय गरेको थियो । महासंघले शिक्षक कर्मचारीहरुको आन्दोलन र मागलाई सम्बोधन गरेर समस्या समाधान गर्न समेत ज्ञापन पत्र मार्फत मागँ गरेको छ ।

जिल्लाको ११ नगरपालिका र ९ गाउँपालिकाका शिक्षा शाखा प्रमुख मार्फत सरकारलाई ज्ञापन पत्र बुझाउदै आन्दोलन प्रति ध्यानाकर्षण गराईएको महासंघ सर्लाहीका अध्यक्ष नरेन्द्र यादवले जानकारी दिए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles