Wednesday, February 21, 2024

जवरजस्ती करणी मुद्धामा फरार अभियूक्त घटनाको १३ बर्ष पछि पक्राउ

ताजा / भरखरै प्राप्त

बरहथवा–जवरजस्ती करणी मुद्धामा फरार ब्यक्तीलाई सर्लाही प्रहरीले घटनाको १३ बर्ष पछि पक्राउ गरेको छ ।

साविक बरहथवा–७, निवासी एक बालिकालाई जवरजस्ती करणी गरी फरार भएका बरहथवा–७, निवासी उदय कुमार कुम्हारलाई गत आईतवार प्रहरीले पक्राउ गरेको हो । कुम्हार २ जेठ २०६६ मा बालिका माथि करणी गरी फरार भएका थिए । पिडितको तर्फबाट परेको जाहेरीको आधारमा जिल्ला अदालत सर्लाहीले ३१ अषाढ २०६९ मा कुम्हार बिरुद्ध ५० हजार जरीवाना र १२ बर्ष कैद फैसला गरेको थियो ।

घटना लगतै फरार रहेका उन्लाई गाउँघरमै लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरीएको जिल्ला प्रहरीका डिएसपी दिपेन्द्र कुमार पंजियारले जानकारी दिए । प्रहरीले पक्राउ पछि अदालतमा पेस गरेको उन्लाई फैसला कार्यान्वयनको लागि सिन्धुली कारागार पठाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles