Wednesday, February 21, 2024

जन्मदिनको अवसरमा संचारकर्मी मैनालीद्वारा गुरुकुल र आश्रममा सहयोग

ताजा / भरखरै प्राप्त

बागमती–संचारकर्मी प्रकाश मैनालीले जन्मदिनको अवसरमा आज गुरुकुल र आश्रममा सहयोग प्रदान गरेका छन् ।

सोमबार जन्मदिनको अवसरमा रेडियो एकताका स्टेशन म्यानेजर, हिमालय टाईम्स र इमेज च्यानलका सर्लाही प्रतिनिधि तथा उज्यालो अभियान दैनिकका संचालक मैनालीले लालबन्दी नगरपालिका–७, स्थित राधाकृष्ण गुरुकुलका बटुकहरुलाई एक महिनालाई पुग्ने चामल तथा दाल सहयोग गरेका हुन् । गुरुकुलमा बसेर संँस्कृत अध्ययन् गरिरहेका बटुकलाई खाद्यान्न अभाव रहेको थाहा पाएपछि जन्मदिनको अवसर मैनालीले १ सय ७५ किलो ग्राम चालम र ३० किलो ग्राम दाल प्रदान गरेको बताए ।

त्यस्तै, मैनालीले लालबन्दी नगरपालिका–२, स्थित पद्म–भुवनेश्वरी नमूना वृद्ध सेवाश्रममा दुई थान एलइडी बत्ती प्रदान गरेका छन् । भने, आश्रीत बुवा आमा तथा अन्यलाई फलफूल समेत वितरण गरे । आश्रमका संरक्षक बासुदेवशरण कोइराला र संचालक भवानी कोइरालाले मैनालीलाई शुभआर्शिवाद व्यक्त गरेका थिए । रेडक्रस बयलवासको सदस्य तथा आँखा उपचार केन्द्रका उपाध्यक्ष समेत रहेका मैनालीले हरिवन नगरपालिका–१, कैलाशपुरी स्थित मानव सेवाश्रममा पुगेर दुई थान एलइडी बत्ती प्रदान गरेका थिए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles