Wednesday, February 21, 2024

हरिवनमा घराएसी विवादलाई लिएर श्रीमतीको हत्या

ताजा / भरखरै प्राप्त

हरिवन–सर्लाहीको हरिवन स्थित घुर्कौली टोलामा एक पुरुषले घाटि छिनाएर श्रीमतीको हत्या गरेका छन् ।

शुक्रवार दिउसो घराएसी विवादमा हरिवन नगरपालिका–५, घुर्कौली टोला बस्ने ३५ बर्षका राम भरोश भनिने अजुर्न महतोले २८ बर्षकी श्रीमती नैन कुमारी महतोको हत्या गरेका हुन् । दुईजना विच घरायसी झगडा भए पछि अर्जुनले श्रीमती नैनाको घाटीमा धारिलो हतियार प्रहार गरेका प्रहरीले जनाएको छ ।

धारिलो हतियार प्रहारबाट नैन कुमारीको टाउको र शरिर छुट्टिएको छ । घटनालगतै अर्जुनलाई ईलाका प्रहरी कार्यलय हरिवनले नियन्त्रणमा लिएको छ । घटनाको बिषयमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरीका प्रवक्ता एंव डिएसपी दिपेन्द्र पंजियारले जनाकारी दिए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles