Wednesday, February 21, 2024

स्कुलको गेटले किचेर एक बालकको ज्यान गयो, अर्का एक गम्भीर

ताजा / भरखरै प्राप्त

बागमती–सर्लाहीको हरिवनमा बिद्यालयको गेटले किचेर एक बालकको ज्यान गएको छ । भने, अर्का एक गम्भिर घाईते भएका छन् ।

सोमबार बिहान हरिवन नगरपालिका–९, स्थित नयाँरोडमा रहेको ज्ञानज्योति आवासीय इङलिस बोर्डिङ स्कुलको गेटले किचेर सोही स्कुलमा अध्यनर्त एक बालकको ज्यान गएको हो । भने, अर्का एक बालक घाईते भएका हुन् । घटनामा बागमती–४, जिरायत निवासी आकाश बलका ५ बर्षिय छोरा आयूष बलको मृत्यु भएको प्रहरीले जनाएको छ ।

फलामे गेटले किचेका अर्का बालक ७ बर्षका आदित्य लोपनि गम्भिर घाईते भएका छन् । उन्को बिरगंजमा उपचार भईरहेको इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक शिवराम थापाले जानकारी दिए । बिहान स्कुल बसमा बिद्यालय पुगेका उनीहरु गेटबाट भित्र जाने क्रममा फलामे गेट लडेको थियो । सोही क्रममा दुवै जना थिचिएका ईलाका प्रहरी कार्यलय हरिवनले जनाएको छ ।

लगतै उनीहरुलाई उपचारको लागि नमुना अस्पताल हरिवन पुर्याईएको थियो । ५ बर्षका आयूषको उपचारको क्रममा मृत्यु भएको हो । मृतक बालक सोही बिद्यालयमा यूकेजीमा अध्यनर्त थिए । अर्का बालक आदित्य कक्षा २ मा पढ्ने बिद्यार्थी हुन् । अर्का घाईते बालकको घटनाको विषयमा थप अनुसन्धान सुरु गरिएको प्रहरी निरीक्षक थापाले जानकारी दिए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles