बागमती–सर्लाहीको बागमती स्थित बागमती सिचांईको नहरमा डुबेर एक बालकको ज्यान गएको छ ।
सोमबार बेलुका सर्लाहीको बागमती नगरपालिका–८, सोल्टी बजार स्थित बागमती सिचाइको नहरमा डुबेर एक बालको ज्यान गएको हो । नहरमा खेल्ने क्रममा बागमती नगरपालिका–१० नँया बस्ती घर भै सोल्टी बजारमा पसल सञ्चालन गर्दैआएका अनिल विश्वकर्माका ४ वर्षका छोरा दिक्षान्त विश्वकर्माको मृत्यु भएको हो ।
नहरमा डुबेका बालकलाई स्थानीय र प्रहरीले तत्काल उद्धार गरि भेनस अस्पताल बरहथवामा पुर्याएका थिए । थप उपचारका लागि सरस्वती अस्पताल हरिवन पुर्याएपछि चिकित्सकले बालकलाई मृत घोषणा गरेका हुन् ।