बागमती-सर्लाहीको बागमती नगरपालिका स्थित भरत ताल परिसरमा बिद्यार्थीहरुले बिरुवा रोपेका छन् ।
आईतवार एक कार्यक्रमका विच बागमती–१२ र ४ मा रहेको भरत ताल परिसरमा बिद्यार्थीहरुले बिरुवा रोपेका हुन् । बागमती नगरपालिका–११, स्थित श्री ५ महेन्द्र जनता माध्यामिक बिद्यालयका स्काउट टिमका छात्रछात्राहरुले ताल परिसरमा फुल तथा स्व प्लान्ट लगायतका बिरुवा रोपेका बिध्यालय प्रशासनले जनाएको हो ।
बिध्यार्थीहरुको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत उनीहरुलाई बिरुवा रोप्ने कार्यमा सहभागि गराईएको स्काउट टिम लिडर रंजना मगरातीले जानकारी दिईन् । बिध्यार्थीहरुले १ सय ३० वटा फुल र स्व प्लान्टका बिरुवा रोपेका बागमती नगरपालिकाका रोजगार सहायक सन्तोष गदालले बताए ।
यस्तै बागमती नगरपालिका–२, धरहरामा रहेको जनबालकल्याण माध्यामिक बिध्यालय परिसरमा बिध्यार्थीहरुले बिरुवा रोप्ने कार्य सम्पन्न गरेका छन् ।
आईतवार बिध्यालय प्रांगणमा छात्रछात्राहरुले ५० वटा धुपीको बिरुवा रोपेका हुन् । बिध्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष एंव बागमती–३, का वडा सदस्य श्रीमान स्यांतानले उपलब्द गराईदिएको बिरुवा रोेपेर छात्रछात्राहरुले हरित अभियानमा सहयोग पुर्याएका बिध्यालयका प्रधानाध्यापक प्रकाश बहादुर जिम्बाले जानकारी दिए ।
कार्यक्रममा बिद्यालय ब्यवस्थापन समिति पदाधिकारी, शिक्षक शिक्षिका एवं बिध्यार्थीहरुको समेत सहभागिता रहेको ब्यवस्थापन समिति अध्यक्ष टंक बहादुर बोहराले जानकारी दिए ।