बागमती–सर्लाहीको बागमती नगरपालिका स्थित ऐश्वर्या नगरमा निर्माण सम्पन्न लक्ष्मिनारायण मन्दिरको उद्घाटन गरिएको छ ।
शुक्रवार एक कार्यक्रमका विच बागमती–१२, ऐश्वर्या नगर बजारमा निर्माण भएको मन्दिरमा लक्ष्मिनारायणको मुर्ति स्थापना सहित उद्घाटन गरिएको हो । मन्दिरको बागमती नगरपालिकाका मेयर भरत कुमार थापाको बाहुलीबाट उद्घाटन गरिएको थियो । २ हजार स्वायर फिट क्षेत्रफलमा फैलिएको मन्दिरको तल्लो तलामा सुविधा सम्पन्न धर्मशाला निर्माण भएको छ । भने, माथिल्लो तलामा मुर्तिलगाएका मन्दिरका संरचना निर्माण गरिएको छ ।
सुविधा सम्पन्न धर्मशाला सहित निर्माण सम्पन्न भएको मन्दिर निर्माणमा कुल १० लाख ३० हजार ६ सय २३ रुपैया खर्च भएको निर्माण समितिका अध्यक्ष अक्षयलाल साहले जानकारी दिए । त्यस मध्य ९ लाख ८४ हजार ३ सय १० रुपैया बागमती नगरपालिकाले ब्यहोरेको छ । भने बाँकी हुन आउने ४६ हजार ३ सय १३ रुपैया समितिका अध्यक्ष साहले ब्यहोरेको बताए ।
हिन्दुधर्म शास्त्र अनुसरको धार्मिक अनुष्ठानका साथ मन्दिरको उद्घाटन गरिएको निर्माण समिति अध्यक्ष साहले जानकारी दिए । यस मन्दिर र धर्मशाला निर्माण पछि पुजाआजा सगैँ स्थानीय स्तरमा सार्वजनिक स्थलको समस्या समेत समाधान भएको वडाध्यक्ष ओम बहादुर श्रेष्ठको भनाई छ । विभिन्न कार्यक्रम र बिहेबटुलमा स्थानीय विपन्न परिवारले धर्मशालालाई सार्वजनिक भवनको रुपमा प्रयोग गर्न सक्नेछन् ।
कार्यक्रममा बागमती–१२, का वडाध्यक्ष ओम बहादुर श्रेष्ठ, बागमती यूवा क्लवका सचिव कुमार प्रधान, उपभोक्त समितिका पदाधिकारी सदस्य र स्थानीयको उल्यख्य सहभागिता रहेको थियो