Friday, February 23, 2024

बाँके खोलामा तटबन्धका लागि खनेको खाडलमा डुबेर दाजुभाईको ज्यान गयो

ताजा / भरखरै प्राप्त

पर्सा–सर्लाहीको पर्सा गाउँपालिका स्थित बाँके खोलमा तटबन्ध बनाउन खनेको खाडलमा डुबेर एकै घरका दुई दाजु भाईको ज्यान गएको छ ।

शनिवार राती पर्सा गाउँपालिका–४, निवासी नागेन्द्र महतोका छोराहरु १२ बर्षका प्रिन्स महतो र १० बर्षका दिपु महतोको घर नजिकै रहेको बाँके खोलामा तटबन्ध गर्न खनेको खाडलमा डुबेको अवस्थामा फेला परेका हुन् । दुवै जनालाई तत्काल उपचारको लागि प्रादेशिक अस्पताल मलंगवा पुर्याएपछि चिकित्सकले मृत घोषणा गरेका थिए ।

घरबाट कसैलाई जानकारी नदिई खेल्न निस्किएका दुवैजना साझ अवेर सम्म पनि घर नफर्के पछि परिवारले खोजी गरेका थिए । सोही क्रममा घरबाट पाचँ सय मिटरको दुरीमा रहेको बाँके खोला किनारमा तटबन्ध गर्न खनेको खाडलमा जमेको पानीमा तैरी रहेको अवस्थामा मध्यराती उनीहरु फेला परेका थिए । दुवैको सव प्रादेशिक अस्पताल मलंगवामा राखिएको प्रहरीले जनाएको छ ।

घटनाको बिषयमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरीका प्रवक्ता डिएसपी दिपेन्द्र पंजियारले जानकारी दिनुभयो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles