बागमती–सर्लाहीको बागमतीमा अनुदानमा नगरपालिकाले कृषि सहकारीलाई ट्रयाक्टर वितरण गरेको छ ।
कृषिमा यान्त्रीकी करणको उद्येश्य सहित बागमती नगरपालिकाले ५० प्रतिशत अनुदानमा कृषि सहकारीलाई ट्रयाक्टर हस्तान्तरण गरेको हो । आईतवार एक कार्यक्रमका विच बागमती नगरपालिकाका मेयर भरत कुमार थापाले उक्त ट्रयाक्टर बागमती नगरपालिका–२, मा रहेको रामजानकी साना किसान कृषि सहकारी संस्थालाई हस्तान्तरण गरे ।
स्थानीय किसानहरुलाई सुविधा पुर्याउने उध्येश्य सहित ५० प्रतिशत नगरपालिकाको अनुदान र ५० प्रतिशन संस्थाको लागत अर्थात १०÷१० लाख गरी जम्मा २० लाख लागतमा एक थान ट्रयाक्टर खरिद गरिएको संस्थाकी अध्यक्ष अन्जु पौडेलले जानकारी दिईन् । ट्रयाक्टरको प्रयोगबाट किसानहरुलाई खेतीगर्न सहज हुने अपेक्षा गरिएको उन्को भनाई छ ।
पछिल्ले समय खेतीबारी जोत्ने लगाएतको कामका लागि कृषि कामदार पाउनु मुस्किल प्राय बन्दै गएको छ । यस्तो अवस्थामा कृषि उपकरण बरदान सावित हुदै गएका छन् । यस्तै नगरपालिकाको ५० प्रतिशत लागतमा किसानहरुलाई ईलेक्ट्रिक स्प्रे ट्यांकी समेत वितरण सुरु गरिएको संस्थाले जनाएको हो । ट्रयाक्टर खरिद पछि बचेको रकमबाट किसानहरुलाई ८० थान ईलेक्ट्रिक स्प्रे ट्यांकी वितरण गर्न लागिएको हो ।
स्प्रे ट्यांकीको ५० प्रतिशत लागत भने किसान स्वमयको ब्यहोर्नु पर्ने संस्थाले जनाएको छ । संस्थाको प्रांगणमा सम्पन्न कार्यक्रममा नगर उपप्रमुख लिला कुमारी मोक्तान, कृषि शाखा प्रमुख हिमाल शाही, बागमती–२, का वडाध्यक्ष टेक बहादुर बल(बाबु), वडा नम्बर १ का वडाध्यक्ष गम्भिर सिंह पाख्रिन, वडा सदस्य, संस्थाका विभिन्न समितिका पदाधिकारी, शेयर सदस्य लगाएतको सहभागिता रहेको संस्थाले जनाएको हो ।